नेपाली काँगे्रसका वैचारिक शत्रु

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७५

साथी सबै प्रकारका हुन्छन्। समाजमा रहेपछि हरेक सँगको सम्बन्ध र सहकार्यलाई स्वीकार्दै हिँड्नु पर्दछ। तर विचारको रुपमा नेपाली काँग्रेसमा रहिरहँदा कम्युनिष्टहरुसंगको सहकार्य स्वीकार्य हुन्न, किनभने वी पीले आफ्नो जीवनकालमा कम्युनिष्टहरुलाई आफ्नो प्रतिद्वन्द्वी वा विचारको शत्रुको रुपमा लिनु भएको थियो। अहिले प्रसंगवश वी.पी.ले लेख्नुभएको  शत्रु कथा वर्तमान राजनीतिक परिदृष्यसँग मेलखान पुगेको देखिन्छ । महामानव विश्वेश्वरप्रसाद कोइराला  राजनीतिक नेता र चिन्तक मात्र नभई नेपाली कथा इतिहासका सामाजिक यथार्थवादी कथाकार पनि हुन् यो सर्वविदित कुरा हो ।

पात्रको मनमै केन्द्रित रही कथा संरचना गर्ने कथाकार कोइरालाले समाजमा निहित कथावस्तु र त्यसको तात्विक सन्देश लघु कथाका रूपमा प्रयोग गर्नु भएको पाइन्छ । मानवीय मनका चेतन, अर्धचेतन र चेतन परिस्थितिको पेरिफेरि भित्र फरक फरक पात्रको मनमा सहज विचरण गर्न सक्ने कोइरालाका कथामा उच्च, मध्यम र निम्न वर्गर्र्ीी चरित्रको मनोदशा कथानक उजागर भएको हुन्छ । कथा र उपन्यासको क्षेत्रमा विशिष्ट रुपमा प्रस्तुति राख्नुहुने महामानव कोइरालाको शत्रु कथा एक सरल र सफल मनोवैज्ञानिक कथा हो। जुन आजको राजनीतिक गतिविधिमा पनि सान्दर्भिक हुुुन आएको छ ।

नेपाली जनताको पक्षमा न्याय खोज्दा नेपाली काँग्रेसको पहिलो शत्रु राणा थियो। राणालाई नेपाली राजनीतिबाट हटाएर जब जब काँग्रेस विकास पथमा बढ्न खोज्दै थियो, तब तब नेपाली राजनीतिमा नेपाली काँग्रेसको वैचारिक शत्रुको रुपमा कम्युनिस्ट र राजा देखा पर्छन्। यी दुबैलाई एकै साथ पराजित गर्न सम्भव थिएन। बैसठ्ठी त्रिसट्ठीको जन आन्दोलनलाई गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरिरहेका बेला अन्दोलनमा कोइरालालाई लाठी प्रहार हुन्छ र शत्रु कथाका राय झैँ कोइरालाले राजालाई शत्रुको रुपमा चित्रण गर्नुहुन्छ। राजतन्त्र समाप्त हुन्छ।

कृष्ण राय शत्रु कथामा नायक पात्रको रुपमा अगाडि प्रस्तुत भएको छ। खलपात्रको रुपमा नदेखिने सत्य समाजिक रुपलाई विम्बको रुपमा प्रस्तुत गरिएको सो कथाका नायक कृष्ण रायको मनको अन्तरदशा सहजै प्रकट भएको छ । न्याय माथि कसरी अन्याय हुन्छ – आर्थिक सम्पन्नता र सामाजिक सम्मानका धनी कृष्ण राय गाउँमा न्याय मूर्तिको रुपमा पुजिएका हुन्छन्। कहिले पनि कसै माथि अन्याय नगरेका कृष्ण राय हरेक समुदायका मानिसका आशाका केन्द्रविन्दु हुन्छन्। सबैबाट समान मानसम्मान पाएका कृष्ण राय समाजका वादविवाद निरुपण गर्ने सच्चा हृदयका व्यक्तित्व हुन्छन्। एक रात रायमाथि लाठी प्रहार हुँदा त्यो प्रहारले रायको मनभित्र रहेको मनोवैज्ञानिक आँधिहुरी आउन शुरु हन्छ। शंका, चिन्ता, तनाव, तर्कले कृष्ण रायको शान्त मनमा तनाव उत्पन्न हुन्छ। न्याय आफै अन्यायमा पर्छ। सारा आफ्ना नजिक रहेका मानिस देखि लिएर सामान्य बोलचाल भएका सम्मलाई शंकाका दृष्टिले हेर्न बाध्य हुन्छन् । समय ठाक्यै उल्टो भएको भान हुन्छ शत्रु कथामा।

अवगुणलाई सम्मान गर्नु गाह्रो  कुरा हो, यस्तो लाग्छ कि कम्युनिस्टहरुलाई सम्मान गरे जस्तो। कथाकार वी पी कोइरालाले आफ्नो जीवन भर कम्युनिस्टहरु सँग साथ र सहायोग रोज्नु भएन। कथामा समय कसरी परिवर्तन हुन सक्छ भन्ने मनोवैज्ञानिक सत्यलाई कृष्ण राय माथि बज्रेको लाठी मार्फत सबै समाजलाई चेतावनी दिनु भएको छ। हरेक घटनाले शत्रुताको सम्बन्ध राख्न सक्छ। समयले मित्र र शत्रु पनि जन्माउँछ। कृष्ण रायको निःस्वार्थ सेवा, न्यायको पक्षमा पनि शत्रु जन्मने यथार्थलाई कथामा सरल रुपमा प्रस्तुति गरिएको छ। कृष्ण राय माथि लाठी प्रहार नहुँदा सम्म उनलाई यो समाजमा  आफ्नो कोही शत्रु नभए झैं लाग्छ। तर एकदिन उनै माथी लाठी प्रहार भएसंगै हरेक व्यक्ति माथि शंका उत्पन्न हुन्छ।

कम्युनिस्ट र काँग्रेसको वैचारिक शत्रुको रुपमा राजा भएकाले राजा फाल्न काँग्रे्रेस फाल्न खासै गारो भएन। राजा समाप्त भैइसके पछि नेपाली राजनीतिको वैचारिक शत्रुको रुपमा फेरि माओवादी र एमाले देखापर्छन्। यी दुबै फेरि एक भए र देशमा कम्युनिस्ट विचारधारको बहुमत छ। यसरी यी दुर्इमा फरक छुट्याउन नेपाली काँग्रे्रेसलाई सारै गाह्रो भैराखेको थियो। यी दुर्इ खराव विचार धार एक भए पछि अहिले नेपाली काग्रे्रेसको वैचारिक प्रतिद्वन्द्वीको रुपमा नेपाल कम्युनिस्ट पार्टीलार्इ लिन सकिन्छ। कृष्ण रायको घर लाठी प्रहार भए झैँ भएको छ। भनिन्छ प्रगति गर्ने ठूलो प्रतिद्वन्द्वी वा शत्रु चाहिन्छ। दुर्इतिहाईको भारी बहुमत नेपाली काग्रे्रेसको ठूलो वैचारिक शत्रुको रुपमा प्रष्ट भइरहेकै छ। महामानव वी पी कोइरालाले झैँ हामी नेपाली काँग्रे्रेसले पनि कम्युनिस्ट संग विचारको संगत र सहाकार्य कहिले पनि गर्नु हुन्न। तर सामाजिक रुपमा हामी सबै एक हुन पर्छ। जय नेपाल।

(लेखक नेपाली काँग्रस कास्कीकी कोषाध्यक्ष हुन्। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width