अलबिदा लोकेन्द्र !

विष्णुबहादुर क्षेत्री
मंसिर २४, २०८०

कास्कीको तत्काली पोखरा नगर पञ्चायत वडा नं. ४ गणेश टोल निवासी राबहादुर कोइराला र ईश्वरी कोइरालाका माइला पुत्ररत्न लोकेन्द्र कोइराला २०३२ साल पुस १० गते जन्मिएका हुन् । पोखरा गैह्रापाटनस्थित नवीन माविबाट आफ्नोे अध्ययन सुरु गरेका कोइरालाले पृथ्वीनारायण क्याम्पसबाट एम ए, बिएल पूरा गरेका थिए ।

२०५६ असार ३० गते मुना रानासँग वैवाहिक सम्बन्धमा रहेका कोइराला संस्कार कोइराला एक सुपुत्रका साथमा सामाजिक, पारिवारिक जीवनमा सक्रिय थिए ।

कोइराला विद्यार्थी जीवनमै देश समाजमा सकारात्मक परिवर्तनको चाहना राख्ने उत्साही व्यक्तित्व रहेकाले नेपाल विद्यार्थी संघको सदस्य रही समाजका विविध समस्या समाधान र देश विकासका निरन्तर सक्रिय रहँदै आएका थिए ।

उनी मिलनसार, मृदुभाषी, सबैको भलो चिताउने, निर्भीक र न्यायको पक्षमा सधैं लागिरहने जुझारु थिए । आफ्नो विचारमा अडिग कोइराला परिवारमा होनहार सदस्य थिए । उनी कानुन व्यवसायीको रुपमा डिएलए कास्कीको सदस्य भएर सांगठनिक रुपमा सक्रिय रहे । विद्यार्थी कालदेखिको राजनीतिप्रतिको सक्रियताका कारण मातृपार्टी नेपाली कांग्रेसमा कुशल संगठक र संगठन निर्माणमा सधैं लागिरहने तर पदलोलुपता नभएका उनी ‘कर्म गर फलको आश नगर’ गीता सारबाट प्रभावित व्यक्तित्व बनाएका थिए ।

सामान्य जीवनमा सधैं आत्मनिर्भर रहन रुचाउने कोइराला विभिन्न संस्था, उद्योग, व्यापारमा संलग्न रहँदै २०७९ माघदेखि पोखरा न्युरोडमा मायरा किचन रेस्टुरेन्टमार्फत् सेवा प्रारम्भ गर्दै नेतृत्वमा थिए ।

देश, समाज र नेपाली कांग्रेस पार्टीमा उनले पुर्‍याएको योगदान महत्वपूर्ण रहँदै आएको छ । गत मंसिर ८ गते देब्रे छातीमा पीडा महसु गरी परिवारको सहयोगमा उपचारका लागि फिस्टेल हस्पिटलको इमर्जेन्सीमा पुगेका उनी हृदयघातबाट उपचारकै क्रममा ४८ वर्षको उमेरमा ब्रह्मलीन भए । हाम्रा मुटुका टुक्रा, अत्यन्त प्यारा लोकेन्द्रको वैकुण्ठबासको लागि प्रार्थना गर्दछौं ।

Related News

सम्बन्धित समाचार

hero news full width