कोरोना महामारीबाट मुक्तिको कामना गर्दै पूजा

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७६
Dashain-tika-Kot-Bhairav-Temple

फाइल फोटो

पोखरा, १९ चैत । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालिन कोटभैरव मन्दिरमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीबाट मुक्तिको कामना गर्दै यस वर्षको चैते दशैं पूजा गरिएको छ ।

प्रत्येक वर्ष धुमधामका साथ चैते दशैंमा विशेष पूजा गर्दै आइएको भए पनि यस वर्ष कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउन समेतलाई दृष्टिगत गरी महामारीबाट मुक्तिको कामना गर्दै सामान्य पूजा मात्र गरिएको हो ।विगतका वर्षमा गर्दै आइएको बलिपूजा यस वर्ष रोकिएको कोटभैरव मन्दिर संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिए । “यस वर्ष मन्दिरमा भीडभाड एवम् धुमधामका साथ पूजा गरिएन, समितिले कोरोना भाइरसको महामारीबाट मुक्तिको कामना गर्दै सामान्य पूजा मात्र गरेको होे,” – उनले भने ।

पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ प्राचीन कालदेखि प्रत्येक वर्षको चैते दशैंमा मन्दिर आसपासका बर माझथर, बर धारापानी, बरपौवा, बरपाण्डेथुम, चवादी, कुर्लिङ, पुणिटार सहित स्याङजा एवम् तनहुँका विभिन्न स्थानबाट दर्शनार्थी आउने प्रचलन छ ।बरकोटका काला जटाभैरवका रुपमा पूजाआजा हुँदै आएको कोटभैरव मन्दिर र नजिकैको हुडिकोटबाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि लगायतका हिमशृङ्खला नाङ्गा आँखाले एकसाथ देख्न सकिने भएकोले यसलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउने समितिको लक्ष्य छ ।

कोरोना भाइरसको संक्रमण रोक्नका लागि गरिएको लकडाउनको प्रभाव पोखरा महानगरपालिका वडा नं ३३ बागमारास्थित महाकाली मन्दिरमा पनि परेको छ ।पोखरा महानगरपालिका वडा नं ३३ तोरीचौर र यस आसपासका स्थानीयवासीले विगतमा बली पूजा सहित चैते दशैं विशेष पूजा गर्दै आएका थिए ।प्राचीन कालदेखि नै साविक भरतपोखरी गा.वि.स.को वडा नं ३ कालिकास्थानस्थित कालिका मन्दिरमा पूजाआजा गर्दै आइएकोमा जनसंख्या बृद्धिसँगै २०४५ सालदेखि तोरीचौरमा नै महाकाली मन्दिर स्थापना गर्दै वरपरका स्थानीयवासीले नियमित पूजाआजा गर्दै आएका छन् ।प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी(चैते दशैं)का अवसरमा मन्दिरमा बलि पूजा सहित विशेष पूजा गर्ने गरिएकोमा यस वर्ष भने विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीको प्रभावका कारण सामान्य पूजा मात्र भएको स्थानीय समाजसेवी एवम् मन्दिर संरक्षण समितिका सदस्य विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

मन्दिरमा चैते दशैंका साथै आश्विन शुक्ल पक्ष, अन्य विभिन्न महत्वपूर्ण तिथि एवम् पर्वमा मन्दिरमा पूजाआजा हुने गरेको छ । चैते दशैंका अवसरमा गरिने पूजामा महाकालीका लागि बोकाको बलि, मन्दिर परिसरमा नै रहेको माईको थानमा पाठीको बलि दिने प्रचलन छ ।महाकाली मन्दिर विशेषतः चैनपुर, पानी टंकी, तोरीचौर, महाकाली चोक लगायत वरपरका स्थानीयवासीको आस्था एवम् विश्वासको केन्द्र बन्दै गएको छ ।

Related News

सम्बन्धित समाचार

  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • बयानपछि लामिछानेलाई परिवारको जिम्मा

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले बिहीबार उपस्थित हुने शर्तमा…
  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…

hero news full width