धनुषा, ४ चैत (रासस) । प्रदेश २ को नामकरणको लागि प्रदेशसभामा मंगलबार भएको मतदान प्रक्रियामा कुनै पनि नाम स्वीकृत हुन सकेन । प्रदेश २ को नामकरणको लागि दर्ता भएको जानकी, मिथिला भोजपुरा, मध्यमधेस र मधेस प्रदेश गरी चार वटै प्रस्ताव अस्वीकृत भएको हो ।
नामकरणका लागि प्रदेशसभामा दिनभर भएको मतदानमा पनि कुनै टुङ्गो नलागेपछि प्रदेश २ को नामकरण थप अन्योलमा परेको छ । नेकपाले प्रस्ताव गरेको जानकी, नेपाली काँग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा, काँग्रेसका सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गरेको मध्यमधेश र सत्तासीन दल समाजवादी पार्टी र राजपाले प्रस्ताव गरेको मधेश प्रदेशमा छुट्टाछुट्टै मतदान भए पनि कुनै प्रस्तावमा दुई तिहाइ मत पुग्न नसकेपछि चार वटै प्रस्ताव फेल भएको हो ।
कूल १ सय ७ सांसद रहेको प्रदेश २ मा दुई तिहाइ बहुमतका लागि ७२ मत आवश्यक पर्छ तर कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाइ पुग्न सकेन । सत्तारुढ दलले प्रदेश नं २ लाई ‘मधेश प्रदेश’ नामाकरण गर्ने प्रस्तावको पक्षमा ६० मत खसेको छ । विपक्षमा ४६ मत परेको छ भने १ मत बदर भएको छ ।
मधेस प्रदेशका लागि सत्तारुढ राजपा र समाजवादीका ५५ र अर्को नेपाल समाजवादी पार्टीका एक जना सांसदले पक्षमा मत खसालेका थिए भने ४ मत काँग्रेस र नेकपाका सांसदले खसालेका थिए । एक मत बदर भएको थियो भने ४६ मत विपक्षमा खसेको थियो ।
यसअघि नेकपाको प्रस्तावित नाम जानकीमा ३७ मत मात्र प्राप्त भएपछि सो प्रस्ताव पनि खारेज भएको थियो । काँग्रेसको मिथिला भोजपुरा नामको पक्षमा मात्र २८ मत खसेपछि अस्वीकृत भएको थियो । त्यसैगरी प्रदेश २ को नामकरणको लागि नेपाली काँग्रेसका सांसद राजेश्वरप्रसाद यादवले बागी भएर प्रस्ताव गर्नुभएको मध्य–मधेश नामको प्रस्ताव पनि खारेज भएको थियो । मध्य–मधेश नाम राख्नुपर्नेे प्रस्तावको पक्षमा ४२ मत खसेको थियो ।
चारवटै प्रस्ताव फेल भएकाले अब फेरि शुरुदेखि नै प्रक्रियामा जानुपर्ने भएको छ । त्यसको लागि दलहरूले पुनः प्रस्ताव दर्ता गराउनुपर्ने हुन्छ ।
Related News
सम्बन्धित समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१