पोखरा ।पोखरा महानगरपालिकाले बाल अस्पताल सञ्चालनका लागि साविक लेखनाथ नगरपालिकाको कार्यालय भवन र जग्गा दिने निर्णयको विरोध गरिएको छ ।साविक लेखनाथका पूर्व जनप्रतिनिधिले सो निर्णयको विरोध गर्दै बिहीबार पोखरा महानगरपालिकामा ज्ञापनपत्र नै बुझाएका छन् ।
पूर्व मेयर शालिग्राम पौडेल, उपमेयर गोपालमान गुरुङ, तत्कालीन बोर्ड सदस्य दीनानाथ ढकाल, राजेन्द्रमणि लामिछाने, कृष्ण पौडेल, एकानन्द बस्ताकोटी, ढकनाथ पौडेल, डिल्लीराम पौडेल, शुकदेव सुवेदी र प्रकाशचन्द्र पागलले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।पूर्व उपमेयर गोपालमान गुरुङ, तत्कालीन बोर्ड सदस्य राजेन्द्रमणि लामिछाने, दीननाथ ढकाल, एकनाथ कँडेल, नेपाली काँग्रेसका नेता मुरारी शर्मा, पोखरा २६, इकाइ सभापति कृष्णमोहन भट्टराई, सचिव विश्वराज पौडेलको टोलीले मेयर मानबहादुर जिसीलाई भेटी ज्ञापनपत्र बुझाएको थियो ।
ज्ञापनपत्रमा महानगरपालिकाले अस्पताल सञ्चालनका लागि भवन र जग्गा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ भन्ने संस्थालाई सुम्पेको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।‘त्यस्तो निर्णयबाट हामी तत्कालीन जनप्रतिनिधि स्तब्ध भएका छौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसप्रति हामी आपत्ति प्रकट गर्छाै।’ त्यस्तो निर्णयले लेखनाथबासीको भावनामा समेत चोट पु¥याएको भन्दै निर्णय सच्याउन माग गरिएको छ ।
निर्णय नसच्याए त्यसबाट सृजना हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय नै हुने चेतावनी समेत दिइएको छ । निर्णय बदर गराउन राजनीतिक पार्टी, संघसंस्था र लेखनाथबासीलाई अपील समेत गरिएको छ ।
अस्पताल सञ्चालन गर्ने निर्णय गर्दा साविक लेखनाथका जनप्रतिनिधिसँग कुनै राय र सल्लाह नै नगरी मनोमानी गरिएको भन्दै दुःख व्यक्त गरिएको छ ।
सोक्रममा मेयर जिसीले अन्य संस्थालाई भवन र जग्गा सुम्पेको नभएर सहकार्यमा अस्पताल सञ्चालन गर्न लागिएको बताए । उनले गैह्रनाफामूलक भएकाले सो संस्थासँग सहकार्य गरेको बताउँदै अस्पताल सञ्चालन गर्ने निर्णय ३६ औं कार्यपालिका बैंठकले गरेको स्पष्ट पारे । ‘तपाईहरुले उठाएका विषयले नगरपालिकाको ध्यानाकर्षण भएको छ,’ प्रमुख जिसीले भने ।तत्कालीन बोर्ड सदस्य राजेन्द्रमणि लामिछानेले भवन र जग्गा व्यवस्थापनका लागि तत्कालीन अवस्थामा निकै दुःख भएको स्मरण गरे । ‘बिनाछलफल त्यस्तो महत्वपूर्ण जग्गा र भवन दिने निर्णय ठिक छैन,’ उनले भने, ‘यो निर्णय तत्काल सच्याइनु पर्छ ।’
फागुन २ को ३६ औं कार्यपालिका बैठकले पोखरा २७ मा रहेको ३७ रोपनी क्षेत्रफलसहितको तत्कालीन नगरपालिका भवनमा अस्पताल सञ्चालन गर्ने निर्णय गर्दै महानगरपालिकाले फागुन ११ मा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ संस्थासँग सम्झौता गरेको थियो ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१