दाताद्वारा काहुँडाडा अवलोकन

आदर्श समाज सम्वाददाता
माघ १२, २०७६
60822531_2198674617110548_6644983538941330170_n

पोखरा ।पोखरा १२, काँहुडाडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डला निर्माणस्थलको युकेका भूमिदानदाताले शनिवार अवलोकन गरेका छन् ।

धर्मकाया बुद्ध मण्डला तथा विकास समितिले काँहुडाडामा विशाल भगवान् बुद्धको मर्तिसहितको मण्डला निर्माणका लागि सहयोग गरेका भूमिदानदाता युकेबाट नेपाल आएको अवसरमा सो अवलोकन गरेका हुन् । कार्यक्रममा तमुु धिं युकेका संस्थाहरु मीनप्रसाद गुरुङ, सहारा युकेका निवर्तमान अध्यक्ष मीनप्रसाद गुरुङसहित चन्द्रमान गुरुङ, भोजबहादुर गुरुङ, शारदा गुरुङ, प्रकाश गुरुङ, मुछेत्र गुरुङ लगायत थिए ।
उनीहरुलाई स्वागत गर्दै अध्यक्ष रुद्रकुमारी गुरुङ मैना र सदस्य तथा विदेश संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले निर्माणको प्रगतिबारे बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width