महायज्ञबाट सवा ७ लाख संकलन

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
maha yagg_Fotor

सिद्धेश्वर मन्दिर पोखरा ६, बैदाम शान्तिपथले आयोजना गरेको कात्तिक महात्म्य संगीतमय ज्ञानमहायज्ञ सम्पन्न भएको छ। कात्तिक १७ देखि २३ गतेसम्म संचालन भएको महायज्ञमा ७ लाख २५ हजार रुपैयाँ आम्दानी र २ लाख ७५ हजार रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ। समापनमा पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीले क्रोध र लोभले मानिसलाई कहिल्यै नछाड्ने भन्दै राम्रा र असल काममा लाग्नु पर्ने बताए।

दीग्दर्शक वाचनशिरोमणि पं दीपकप्रसाद सापकोटाले १ रुपैयाँ भए पनि धन र पातिको १ वटा बोट भए पनि वन हो भन्दै दानवीरले दिएको दान उचित क्षेत्रमा लगानी गर्न आग्रह गरे।

संस्थाका अध्यक्ष रत्नबहादुर ठकुरीले मितव्ययी भएर रकम खर्च गरिने प्रतिबद्धता व्यक्त गरे।

त्यस अवसरमा महायज्ञ सफल बनाउन सहयोग गर्नेलाई दोसल्ला सहित सम्मानपत्रबाट सम्मान गरिएको थियो।

कार्यक्रममा सल्लाहकार तेजबहादुर भट्टराई, सदस्य नीता पहारी, शान्तिपाटन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहनबहादुर कार्की, सामुदायिक प्रहरी सेवा केन्द्र, बैदाम अध्यक्ष मीना भट्टराई र सुनिता पहारी लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width