३/५ गोर्खा राइफल्सले जन्मोत्सव मनायो

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७६
20191001_133217_Fotor

भूपू सैनिक ३/५ गोर्खा राईफल्सले मंगलबार पोखरामा आफ्नो ७९ औं जन्मोत्सव मनायो।

त्यस अवसरमा शुभकामना आदान प्रदानका साथै विविध सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो।

कार्यक्रममा देहरादूनबाट आएका प्रमुख अतिथि कणेर्ल लोकेश शर्माले पोखरामा भव्य उत्सव भएकोमा खुशी व्यक्त गर्दै शुभकामना दिए।

प्रमुख सल्लाहकार क्या. लालबहादुर गुरुङले भूपू पेन्सनरहरुको परिवारले पेन्सन पाउन अझै पनि विविध समस्या फेल्नु परेको उल्लेख गर्दै सहज बनाउन आग्रह गरे।

कार्यक्रममा सुवेदार मेजर मोहनसिंह थापा, राइफल्सको कास्की जिल्ला सदस्य सुवेदार भक्तबहादुर गुरुङले शुभकामना व्यक्त गरेका थिए।

संस्थाका अध्यक्ष मीनप्रसाद पुनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष क्या. मीन बहादुर गुरुङले स्वागत तथा सचिव क्या. प्रेमबहादुर गुरुङले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width