साफ यू–१८ फुटबल : साविक विजेता नेपाल बाहिरियो

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७६
Maldivs vs Bhutan, SAAF U-18_Fotor

साविक विजेता नेपाल साफ यू–१८ च्याम्पियन्सीप फुटबलको समुह चरणबाटै बाहिरिएको छ।

समूह ‘ए’ को अन्तिम खेलमा मंगलबार भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेलेपछि नेपालको अघिल्लो चरणको संभावना सकिएको हो। नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा भुटानसँग ३–० ले पराजित भएपछि नेपालका लागि अघिल्लो चरणको संभावना कठिन बनेको थियो।

भुटानले माल्दिभ्सलाई ४ गोल भन्दा बढीको अन्तरले पराजित गरेको खण्डमा नेपाल सेमिफाइनलमा पुग्ने झिनो अंक गणितीय समिकरण बनेको थियो। नेपाल बाहिरिदाँ भुटान समुह विजेता र माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

समुह ‘बी’ बाट बंगलदेश सेमिफाइनलमा पुगि सकेको छ। पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो। दोस्रो खेलमा उपाधिको दाबेदार भारतलाई गोलरहित बराबरीमा रोकेपछि बंगलादेश सेमिफाइनलमा पुगेको हो।

बुधबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। भारत विजयी भए वा बराबरीमा रोकिएपनि सेमिफाइनलमा पुग्नेछ। श्रीलंकालाई सेमिफाइनलमा पुग्न उसले भारतलाई हराउनुपर्ने हुन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग