पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा आर्थिक अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आइतवार कागजात नियन्त्रणमा लिएको छ।
अस्पतालको एमआरआई मेसिन खरिद क्रममा अनियमिता भएको उजुरी आधारमा छानविनका लागि कागजपत्र नियन्त्रणमा लिइएको अख्तियारका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए।
केही दिनअघि मात्रै अस्पतालको सामाजिक सेवा इकाइ सञ्चालनका विषयमा आर्थिक चलखेलको उजुरी आएकाले सोको कागजपत्र समेत नियन्त्रणमा लिने भनिए पनि अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा बुद्धिबहादुर थापा पोखरा बाहिर रहेकोले सोको कागजात भने लिन नपाएको उनको भनाइ छ। उनका अनुसार डा थापा पोखरा आएपछि सो सम्बन्धी कागजात बुझाउने भएका छन्
सामाजिक सेवा सञ्चालनका लागि अस्पतालले असार २३ गते सार्वजनिक सूचना समेत जारी गरिएको थियो भने चार वटा गैह्र सरकारी संस्थाले निवेदन दिएका थिए।
अस्पताल भित्र सामाजिक इकाई संचालन गर्ने अधिकार अस्पतालका निर्देशकको हुने व्यवस्था बनाइएको छ।
अस्पताल व्यवस्थापन समितिलाई वेवास्ता गर्दै डिनको संयोजकत्वमा बनाइएको समितिमाथि आर्थिक चलखेल भएको उजुरी अख्तियारमा परेको थियो।
सामाजिक सेवा इकाइ सञ्चालनका लागि असल छिमेकी सहयोगी संस्था (गोनेसा), कोपिला नेपाल, कम्युनिटी सपोर्ट ग्रुप र टिमलिडर लोकल अर्गनाइजेसन समेतले आवेदन दिएका थिए।
Related News
सम्बन्धित समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१