सतीघाटमा शवदाहस्थल

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७६
0aa49d2f5874cd5be6959341571ddd56_Fotor

पोखरा ३०, गगनगौंडास्थित सेती नदी किनार सतीघाटमा शवदाहस्थल निर्माण गरिने भएको छ।

७० लाखको लागतमा आगामी २०७७ साल जेठ महिनाभित्र निर्माण सक्ने गरी काम अघि बढाइएको हो।

शवदाहस्थलमा फलामसहितको चिता, साधारण चिता र प्रतीक्षालय निर्माण गरिने जनाइएको छ।

गण्डकी प्रदेशसभा सदस्य एवं विकास समितिका अध्यक्ष दीपक कोइरालाले शवदाहस्थल शिलान्यास गरे।

कार्यक्रममा प्रदेशसभा सदस्य कोईरालाले शवदाहस्थल निर्माण गर्ने दायित्व सरकार र स्थानीयको भएको भन्दै एक आपसमा सहकार्य गर्दै अगाडि बढ्नु पर्ने औल्याए। उनले नागरिक र सरकार मिलेर अघि बढे विकासले पनि गति लिने उल्लेख गरे।

कार्यक्रममा रूपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले सबै मिलेर विकास निर्माणमा लाग्नु पनेर्मा जोड दिइन्।

त्यस अवसरमा पोखरा ३० का वडाध्यक्ष श्रीराम पोख्रेल, वडा नं. ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, वडा नं. ३१ का वडाध्यक्ष कमल थापा, नेकपाका जिल्ला सदस्य दिलीप न्यौपाने, सल्लाहकार समितिका सदस्य प्रेम लिगल, काँग्रेस वडा नं. ३२ का सभापति टेकनाथ पन्थी, शवदाहस्थल समितिका सल्लाहकार तीर्थ जङ्गली, कार्यसमितिका सदस्य कृष्णप्रसाद पौडेल, आर्थिक संयोजक शिवराज ढुगांना, उपसंयोजक अरुणा थापा मगर बोलेका थिए।

सतीघाट शवदाहस्थल निर्माण समितिका अध्यक्ष राजु केसीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार देवराज पन्थीले स्वागत र सचिव बुद्धि गिरीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग