ज्योतिष परिषद् कास्कीमा रामजी

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
Jotish parishad kaski

पोखरा । नेपाल ज्योतिष परिषद् कास्कीको ८ औं अधिवेशनले रामजीप्रसाद आचार्यको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षत्रय रामेश्वर अधिकारी, धना शर्मा र कृष्णप्रसाद दाहाल चयन भए । परिषद्को सचिव गौरव ढुंगाना, कोषाध्यक्ष रेशम ढकाल, सहकोषाध्यक्ष नारायण परियार, सहसचिव सोमनाथ त्रिपाठी र हीरामणि पौडेल छन् ।

त्यस्तै रामप्रसाद नेपाल, शालिग्राम अधिकारी, हिमाल तिमिल्सिना र सूर्य गौतमलाई सदस्यको जिम्मेवारी दिइएको छ ।

कार्यक्रम उद्घाटन गर्दै नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपाध्यक्ष प्रेमकुमारी गुरुङले ज्योतिष विद्या मनुष्यको तेस्रो नेत्र भएको जनाउँदै यसलाई ज्योतिषीहरूले कमाइको रुपमा मात्र नलिई समाजमा भएका ज्योतिषसम्बन्धी सकारात्मक नकारात्मक कुरालाई प्रष्टयाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिइन् । उनले धर्म र संस्कृतिको संरक्षण सँगै पञ्चांगसहितको भित्तेपात्रो प्रकाशित गरिनु निकै प्रशंसनीय रहेको औंल्याइन् ।

परिषद्का केन्द्रीय उपमहासचिव लीलाराज शर्माले ज्योतिष विज्ञानलाई आधुनिक विज्ञानसँग तुलना गरी परिष्कृत गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा विश्व ज्योतिष पञ्चांग निर्णायक समितिका महासचिव हरिश्चन्द्र भण्डारी, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सदस्य वासुदेव सुवेदी, गण्डकी प्रदेश ज्योतिष परिषदका उपाध्यक्ष मोहराज ढकाल, परिषद्की सल्लाहकार दुर्गा आचार्य दाहाल, संस्कृत युवा मञ्च नेपालका अध्यक्ष रामकृष्ण अर्याल, दीपक सापकोटा लगायतले पनि ज्योतिष विद्याका बारेमा धारणा राखे ।

परिषद्का जिल्ला अध्यक्ष शिवदत्त रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामेश्वर अधिकारीले स्वागत, कोषाध्यक्ष गौरव ढुंगानाले आर्थिक प्रतिवेदन पेस तथा कार्यक्रमको सञ्चालन रामजीप्रसाद आचार्यले गरे ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width