वाढीले डाइभर्सन बगाउँदा मालवाहक गाडी राजमार्गमै अलपत्र

आदर्श समाज सम्वाददाता
असार २३, २०७६
bijayapur

पोखरा,२३ असार । पृथ्वीराजमार्ग अन्तरगत पोखराको विजयपुर खोलामा आएको वाढीले डाइभरर्सनमा राखिएको ह्युम पाइप बगाएपछि यातायात सेवा बन्द हुन पुगेको छ ।

पोखराको वडा नं १४ र वडा नं २६जोड्न पक्कीपुल कमजोर बनेका कारण दश टनभन्दा वढीको भार क्षमता धान्न नसक्ने भएपछि मालवाहक गाडीका लागि डाइभर्सन निर्माण गरिएको थियो । सोमवार राति आएको वाढीले डाइभर्सन भत्काएपछि पोखरा भित्रिने र वाहिरीने मालवाहक गाडी राजमार्गमै अलपत्र अवस्थामा छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले खाली ट्याङकर र ट्रकलाई पक्की पुलबाट नै पठाउने गरिएको र मालबाहक ट्रक र ट्याङ्कर भने सडकमा नै अलपत्र अवस्थामा रहेको बताए । डाइभर्सन सूचारु गर्नका लागि सोमवार विहानैदेखि सुरक्षाकर्मी विजयपुर खोलामा परिचालन गरिएको एस्पी कार्कीले जानकारी दिए ।
पक्की पुलको विकल्पमा असार मसान्त भित्र नै सम्पन्न गर्नेगरी वेलीब्रीज निर्माणका लागि सडक डिभिजन कार्यालय पोखराले निर्माण सामाग्री ल्याएको भएपनि ती सामाग्री अलपत्र अवस्थामा रहेका छन् । बर्षतको समयमा याताायात संचालनमा झनै ठूलो समस्या आउने अवस्था देखिएको छ ।

मालवाहक गाडी संचालन नहुँदा पोखरा, पर्वत, बागलुङको पूर्वीभाग, म्याग्दी तथा मुस्ताङ जिल्लामा खाद्य तथा पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या आउने अवस्था देखिएको छ । लोडका गाडी पोखरा भित्र्याउने वैकल्पिक पुलको रुपमा रहेको दोविल्लाको पुल समेत कमजोर हुँदा समस्या सृजना भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width