पाँचबुँदे पोखरा घोषणापत्र जारी

मिडिया सम्मेलन

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७६
111_Fotor

पोखरा, १४ वैशाख। मिडियामैत्री कानून निर्माण मागसहित पाँचबुँदे घोषणा जारी गर्दै गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन शुक्रबार सम्पन्न भएको छ।

दुई दिनसम्म चलेको सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गरेको छ।

प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप लगायतको गतिविधिलाई तत्काल रोक्न आग्रह गरिएको छ।

समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपकड र गिरफ्तारीजस्ता घटनाको सम्मेलनले निन्दा गर्दै यस्ता गतिविधि तत्काल बन्द गरी संविधानप्रदत्त अधिकारको रक्षा गरिनुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोग गर्दै नागरिक अधिकारको संरक्षण गर्न मिडियामैत्री कानून निर्माण गर्नुपर्ने माग गरिएको छ। त्यस्तै, घोषणापत्रमा मिडिया सवलिकरण एवं त्यहाँ कार्यरत श्रमजीवि पत्रकारको संरक्षणका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न सरकारसमक्ष माग गर्दै श्रमजीवि पत्रकार ऐन लागू गर्न सम्बद्ध सञ्चारगृहलाई आग्रह गर्ने उल्लेख छ। प्रदेश समृद्धिका लागि पत्रकारितामा समावेशीता, यसको माध्यमबाट समृद्धि, बालमैत्री पत्रकारिता र पर्यटन प्रवद्र्धन लगायत विषय उच्च प्राथमिकता दिन प्रदेश सरकारको ध्यानाकर्षण गर्ने जनाइएको छ।

घोषणापत्र महासंघ प्रदेश समिति सल्लाहकार रवीन्द्र बास्तोला, सल्लाहकार नवराज सुवेदी, महासचिव गणेश पौडेल र पत्रकार महासंघ, स्याङ्जा अध्यक्ष ओमप्रकाश शर्माले मस्यौदा गरेका हुन्।

सम्मेलनमा शनिबार पर्यटन र पत्रकारिता विषयमा छलफल भएको थियो। पत्रकार केशवशरण लामिछानेले सहजीकरण गरेको छलफलमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल र पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखेबीच विषयवस्तुमाथि छलफल चलाइएको थियो।

छलफलमा पर्यटनमन्त्री लम्सालले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पत्रकारिता क्षेत्रको ठूलो भूमिका रहेको औल्याए। पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार र जनशक्ति अभाव रहेको उनको कथन थियो।

मन्त्री लम्सालले तालिम मात्रैले जनशक्ति तयार नहुने दाबी गरे। उनले पर्यटन विश्वविद्यालयको खाँचो औंल्याए। उनले प्रदेश सरकारले व्यवस्थित कार्ययोजना बनाएर अघि बढेको औंल्याए। पर्यटन क्षेत्रको विकासका लागि सरकारले अघि सारेका कार्ययोजनामाथि विश्वास गर्न उनको आग्रह थियो।

विश्वशंकर पालिखेले पर्यटन र पत्रकारिता एउटै सिक्काका दुई पाटा भएको उल्लेख गरे। उनले राज्यले योजना घोषणा गर्ने र कार्यान्वयनमा उदासीनता देखाउने गरेको पालिखेको आरोप थियो।

पालिखेले पर्यटन क्षेत्रको वास्तविक विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए। पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारसँगै पूर्वाधार विकास पनि उत्तिकै आवश्यक रहेको बताए। महासंघ, गण्डकी अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश पौडेलले गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • काभ्रेका ३३ जङ्गलमा डढेलो, काँक्रेमा नियन्त्रण बाहिर

      rss रासस चैत्र २९, २०७७
      काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा शनिबार भएको आगलागी नियन्त्रण बाहिर रहेको छ । काँक्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट…
    • बिस्केट जात्राको रथ तान्दा १९ घाइते

      rss रासस चैत्र २९, २०७७
      भक्तपुर । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा…
    • सुनचाँदी व्यवसायीको गोली हानी हत्या

      rss रासस चैत्र २९, २०७७
      लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । लुटपाट गर्ने…
    • फर्निचरमा आगलागी

      rss रासस चैत्र २९, २०७७
      बलेवा । बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा…
    • हुम्लाका लागि ७ हजार क्विन्टल चामल स्वीकृत

      rss रासस चैत्र २९, २०७७
      सिमकोट । सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ ।…

    hero news full width

    sanil ads

    wordlink ads