पोखरा २९ पुस।पोखरा महानगरपालिका फूलवारी ११ र १२ पिपलडाली आमा समूहको १७ औं साधारण सभा तथा चौथो अधिवेशनले सीता शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा शोभा गौतम, सचिवमा सीता कार्की, सह–सचिवमा इन्दीरा शर्मा, कोषाध्यक्षमा मोती के.सी, सह– कोषाध्यक्षमा मेनुका कार्की र सदस्यमा कल्पना ढकाल, सन्ध्या के.सी, शोभा कार्की, नारायणी भण्डारी, लक्ष्मी गौतम रहेका छन्।
निर्वाचित अध्यक्ष शर्माले समूहमा रहने दिदीबहिनीको क्षमता अभिवृद्धि र हकहित संरक्षणमा प्रतिबद्ध रहने धारणा व्यक्त गरिन्।
कार्यक्रमको उदघाटन गदै समूहकी ज्येष्ठ सदस्य मैना केसीले निर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि महिला सशक्तिकरण मा जोड दिनुपर्ने धरणा राखिन्।
कार्यक्रममा पूर्व अध्यक्ष कल्पना के.सी, पूर्णकला के.सी, शारदा गौतमले बालेका थिए।
पीपलडाली आमा समूहकी अध्यक्ष सुशीला बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सीता शर्माले गरेकी थिइन् भने कोषाध्यक्ष मोती के.सी ले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
दुर्गा मन्दिरमा अक्षरयात्रा
आलु महोत्सव लक्षित सरसफाइ
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान
पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति
लापरवाहीले बढ्यो सडक दुर्घटना
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९