लमजुङ, १० पुस। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले ल्होसारमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने घोषणा गरेका छन्।
उनको गृहजिल्ला एवं गुरुङहरूको उद्गमस्थल लमजुङमा मंगलबार आयोजित एक कार्यक्रममा उनले सो घोषणा गरेका हुन्।
प्रदेश सरकारलाई संघीय सरकारले कम्तीमा ६ दिन बिदा दिन सक्ने अधिकार दिएको बताउँदै मुख्यमन्त्री गुरुङले तमुहरुको बाहुल्यता रहेको गण्डक प्रदेशमा ल्होछार पर्वका दिन पुस १५ मा प्रदेश सरकारले बिदा दिने बताए । मुख्यमन्त्री गुरुङले भने ‘प्रदेश मन्त्रिपरिषद्बाट निर्णय गरी सो दिन सार्वजनिक बिदा दिइनेछ।’
दक्षिण एशियाली राष्ट्रको नमूना पर्यटकीय गाउँ घलेगाउँलाई स्मार्ट भिलेज घोषणाको शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले पर्यटन नै मुलुकको आर्थिक समृद्धिको खुट्कीलो भएको बताए ।
घलेगाउँलाई नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा अघि बढाएको जानकारी दिँदै उनलेे घलेगाउँलाई अब स्मार्ट भिलेज बनाइने बताए । उनले भने, ‘स्मार्ट भिलेज भनेको ख्यालठट्टाको कुरा होइन, अहिले शुरु भएको छ। अब यसलाई कसरी हुर्काउने भनेर सोच्न आवश्यक छ। यसका लागि सहयोग गर्न प्रदेश सरकार तयार छ।’
प्रकृति र संस्कृतिले धनी पर्यटकीय गाउँहरुलाई प्रविधिमैत्री बनाउन सके पर्यटन विकासले फड्को मार्ने उनले विश्वास व्यक्त गरे। उनले भने, ‘पर्यटन विकासको निम्ति शहरी क्षेत्रमात्र सीमित नहुने भएकोले प्रदेशका दुर्गम जिल्लामा पनि ग्रामीण पर्यटन विकासको लागि प्रदेश सरकारले विशेष कार्यक्रम तय गरेको छ।’
उनले ग्रामीण पर्यटनको विकास गर्न सके गाउँमै रोजगारी वातावरण सृजना गर्न सकिने भन्दै घलेगाउँको प्रवद्र्धनका लागि स्मार्ट भिलेजको घोषणा गरिएको जानकारी दिए । मुख्यमन्त्री गुरुङले परम्परागत खेतीले जीविकोपार्जन गर्न समस्या हुने भएकाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको औँल्याए। ‘नयाँ प्रविधि, नयाँ बीउबिजनको प्रयोग गरिनुपर्छ। अबको ५ वर्षभित्रमा कृषिमा आत्मनिर्भर बनाउने भनेका छौं,’ उनले भने।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सदस्य मायानाथ अधिकारी, गण्डकी प्रदेश सदस्य आशा कोइराला, मोहन रेग्मी, संविधानसभा सदस्य जमिन्द्रमान घले, नेकपा लमजुङ संयन्त्र सदस्य कृष्णप्रसाद अधिकारी, नेपाली काँग्रेस जिल्ला प्रतिनिधि गमप्रसाद गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।
घलेगाउँ पर्यटन व्यवस्थापन समिति तथा क्होलासोथर गाउँपालिका अध्यक्ष प्रेम घलेको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।
क्व्होलासोंथर गाउँपालिका– ३ स्थित घलेगाउँलाई प्रविधिसँंग जोड्दै स्मार्ट भिलेज बनाउन लागिएको हो। घलेगाउँलाई स्मार्ट भिलेजको रुपमा विकसित गर्न पूर्वाधार विकासको क्रम पनि शुरु गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ।
Related News
सम्बन्धित समाचार
स्थानीयका कर्मचारी पनि आन्दोलित
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
कानुन कार्यान्वयनका लागि हो
हाम्रो यात्रा विब्प्याँटो छ
नियम बन्यो, नियत फेरिएन
hero news full width
मुख्य समाचार
संशोधनसहित वन विधेयक पास : संरक्षित क्षेत्रमा प्रदेशको हस्तक्षेप
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई
असाेज ४, २०८०सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०