लेखनाथ, १६ असोज। एलआईसी नेपालले पोखरा-३२, तल्लो गगनगौंडाका टंकबहादुर गुरुङको परिवारलाई बिमावापत मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ। २०७० सालमा आफ्नो बिमा गराएका गुरुङको यस वर्षको असारमा मृत्यु भएको थियो।
पतिको निधनपछि एक्लोपन महसुस गरेकी तीलकुमारी गुरुङलाई एलआईसीका प्रतिनिधिले घरमै गएर मृत्यु दाबीवापत १३ लाख रुपैयाँ बराबरको चेक दिँदा उनले गहभरी आँसु झारिन्। उनी अतिततिर फर्किन् र भनिन्, ‘बिमा मेरो सहारा भयो। यो रकम छोराछोरीको शिक्षादीक्षाको लागि खर्च गर्छु’ उनका पति टंकबहादुरले १० लाख बराबरको बिमा गरेका थिए। उनको निधन हुँदासम्म चौथो किस्ता बुझाएका थिए।
एलआईसी नेपाल, पोखरा शाखा प्रमुख गिरिराज घिमिरे, वरिष्ठ एजेन्सी म्यानेजर केदारनाथ अधिकारी, बिमा अभिकर्ता संघ एलआईसी पोखरा शाखाका अध्यक्ष रामप्रसाद आचार्य र अभिकर्ता बलबहादुर श्रेष्ठले तीलकुमारीलाई संयुक्त रुपमा रकम बुझाएका हुन्।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१