Worldlink ads

लोकतान्त्रिक निर्माण व्यवसायी संघको चुनावी प्रतिबद्धता सार्वजनिक

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०७५

पोखरा, २१ भदौ। नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ कास्कीले विहीवार कार्ययोजना सहितको चुनावी प्रतिबद्वता सार्वजनिक गरेको छ। चुनाव प्रचारप्रसार समितिले पोखरामा पत्रकार सम्मेलन गरी लोकतान्त्रिक समूहको कार्ययोजना तथा प्रतिबद्वता सार्वजनिक गरेको हो।

पोखरामा भदौ २२ र २३ गते हुन लागेको नेपाल निर्माण व्यवसायी संघ कास्कीको २६ औं साधारणसभा तथा १४ औं जिल्ला अधिवेशनमा लोकतान्त्रिक समूह प्यानल सहित होमिएको छ।

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ कास्कीका सल्लाहकार प्रकाशमोहन खनालले लोकतान्त्रिक समूहतर्फबाट कार्ययोजना तथा प्रतिबद्वता सार्वजनिक गरेका थिए।

लोकतान्त्रिक समूहले सार्वजनिक गरेको कार्ययोजना र प्रतिबद्वतामा कास्की शाखाको शाखलाई जोगाउँदै अझ व्यापक र मजबुद बनाउने, पूर्वाधार निर्माणका लागि सरकारको असल सहयात्री बन्ने, निर्माण व्यवसायीको बौद्विक, चारित्रिक र व्यावसायिक क्षमता वृद्वि गर्ने, निर्माण व्यवसाय ऐन, सार्वजनिक खरिद ऐन र सोको कार्यान्वयनका लागि बन्ने नियमावलीका अव्यवहारिक र प्रतिकूल व्यवस्था समयसापेक्ष परिमार्जन गर्न पहल गर्ने छन्।

त्यस्तै, व्यवसायीहरुलाई सहज ढंगबाट आर्थिक, कानूनी र प्रविधिक सेवा उपलब्ध गराउने, राज्यपक्षबाट व्यवसायीमाथि हुँदै आएका गिरफ्तारी, धरपकडविरुद्व संघर्षमा उत्रने, निर्माण व्यवसायीप्रतिको नकारात्मक भ्रम चिर्ने, आवश्यक बजेट बिनाआव्हान गरिने दरभाउपत्र-बोलपत्र सम्बन्धमा सम्वन्धित पक्षलाई ध्यानाकर्षण गराउने लगायत विषयहरु उल्लेख छन्।  लोकतान्त्रिक निर्माण व्यवसायी संघले मुलुकी अपराध -संहिता) ऐन २०७४ को परिच्छेद २१ को दफा २५० सहित निर्माण व्यवसायी प्रतिकुलका व्यवस्थाप्रति आपत्ति जनाएको छ।  कार्यक्रममा नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका सल्लाहकार शिवशंकर गौचनले निर्माण व्यवसायीले समस्या झेलिरहनु परेको भन्दै समस्या समाधानका लागि संघ दृढ रहेको बताए। अध्यक्षका प्रत्यासी सुरेश श्रेष्ठले सबै व्यवसायीलाई एकताबद्व गर्दै व्यवसायिक हितका लागि केन्द्रित रहने प्रतिबद्वता व्यक्त गरे। अधिवेशनमा अध्यक्ष श्रेष्ठको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष बलबहादुर राना -कान्छा), उपाध्यक्ष दीपेन्द्र मसारी, सचिव टेकबहादुर भुजेल -टीका), सहसचिव इ. शिरशकुमार बास्तोला, कोषाध्यक्ष लिलकाजी गुरुङ, सहकोषाध्यक्ष हिरामणि पोखेल र सदस्य होमबहादुर भुजेल, ध्रुवबाबु भट्टराई (आइडी), इ. ज्ञानेन्द्र घिमिरे, सुमन श्रेष्ठ, बुद्विमान तामाङ (गोले) र हिक्मतजंग कार्कीको समूह होमिएको छ।

नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष संजीव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शरदराज सुवेदीले स्वागत र सल्लाहकार प्रकाशमोहन खनालले कार्यक्रम संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग