पोखरा, २६ साउन। पोखरा-१३, बाँझापाटनमा शनिवार पाठेघरको मुखसम्बन्धी क्यान्सर (भिआइए) परीक्षण शिविर सम्पन्न भएको छ।
बाँझापाटन ‘क’ टोल विकास संस्थाको आयोजना तथा परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा शिविर गरिएको हो।
शिविरबाट १ सय ८ जना लाभान्वित भएको टोल विकास संस्थाका सचिव मेनकुमार गुरुङ ‘कालु’ ले जानकारी दिए।
शिविरमा डा गीता जोशी, अनुषा भुजेल, अञ्जना भण्डारी, अस्मिता अधिकारी र सुरज चौधरीको टोलीले उपचार सेवामा सहयोग पुर्याएको थियो।
शिविर उद्घाटन गर्दै वडाध्यक्ष लेखबहादुर तामाङले सबैको पहुँचमा उपचार सेवा पुर्याउनु पर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नीरञ्जन श्रेष्ठ र सदस्य अर्जुन सिग्देलले बोलेका थिए।
बाँझापाटन ‘क’ टोल विकास संस्थाकी अध्यक्ष सूर्यलक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष नौबहादुर गुरुङले स्वागत र सचिव मेनकुमार गुरुङ ‘कालु’ ले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१