Worldlink ads

ह्वीलचियर र सेतो छडी वितरण

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७५

पोखरा, १७ साउन । लायन्स क्बल अफ पोखरा माउन्टेन सिटिले बुधवार लेखनाथमा अपाङ्गता भएका व्यक्तिलाई हृवीलचियर एवं सेतो छडी प्रदान गरेको छ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठको नारा ‘अपाङगता हाम्रो आत्मीयता’ नारा चरितार्थ गर्दैले क्लबले ७ हृवीलचियर एवं ५ सेतो छडी प्रदान गरेको क्लब सचिव शक्ति बरालले जानकारी दिए।

मदौरेकुनामा रहेको नर्मदेश्वर मोक्ष आश्रममा एक कार्यक्रमको आयोजना गरि लेखनाथको बागमारा र पटनेरीका ४ जना अपांगता भएका व्यक्ति र ५ जना दृष्टिविहीनलाई सो सहयोग गरिएको हो ।

त्यसै, जनप्रकाश माविका कक्षा ७ मा अध्ययनरत अपांगता भएकी छात्रालाई हृवीलचियर प्रदान गरिएको क्लबका संस्थापक अध्यक्ष एवं रिजन चियरपर्सन डोलराज पोखरेलले बताए ।

मोहोरियामा अपांगता भएका २ जना वृद्धाहरुको लागि घरमै पुगी दुर्इ थान हृवील चियर वितरण गरिएको छ।

प्रमुख अतिथि डिष्ट्रिक्ट चिफ पिआरो परमेश्वर बरालले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने नारालाई चरितार्थ गर्दै क्लबले उदारणीय काम गरेको भन्दै प्रशंसा गरे ।

क्लब अध्यक्ष हर्कबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जोन चियरपर्सन डोलबहादुर थापा, कमिटि कोचियरपर्सन एवं क्लबका निवर्तमान अध्यक्ष कृष्णप्रसाद पराजुली, कमिटि मेम्बर एवं क्लबका सल्लाहकार टुकाराम लामिछाने, कार्यक्रम संयोजक एवं क्लब सल्लाहकार प्रेमबहादुर थापा, नर्मदेश्वर मोक्ष आश्रमधाम व्यवस्थापन समिति अध्यक्ष पितृराज आचार्य, जनप्रकाश माविका शिक्षक लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

    • त्रिशूलीमा कार खस्दा पोखराका ३ जना बेपत्ता

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा, ८ असोज । त्रिशूली नदीमा कार खस्दा पोखराका ३ जना बेपत्ता भएका छन् । काठमाडौंबाट पोखरा आउँदै गरेको कार…
    • कांग्रेस जिल्ला उपसभापतिमा ढुंगानाकाे उम्मेदवारी

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      लेखनाथ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा कास्की जिल्लाको उपसभापतिमा पोखरा–३१ का कृष्णप्रसाद ढुंगानाले उम्मेदवारी घोषणा गरेका छन् । वेगनासतालमा…
    • शुभ अवसर ग्रामको तालिम सम्पन्न

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा । शुभ अवसर ग्राम नेपालको आयोजनामा उद्यमशीलता विकास तथा व्यवसाय व्यवस्थापन तालिम सम्पन्न भएको छ । ४ दिनसम्म चलेको…
    • उत्तरदायी पत्रकारितामा जोड

      आदर्श समाज सम्वाददाता असाेज ८, २०७८
      पोखरा  । नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र कास्की शाखाको संयुक्त आयोजनामा उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण कार्यक्रम भएको छ । कार्यक्रममा…
    • बिरौटा सहकारीको रक्तदान

      आदर्श समाज सम्वाददाता असाेज ७, २०७८
      पोखरा । बिरौटा बचत तथा ऋण सहकारीले १२ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदानमा ३३ युनिट रगत संकलन भएको छ…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads