मानव मिलन संस्थाकाे रक्तदान

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०८०
manav 1

पोखरा । मानव मिलन संस्था, पोखराले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ३२ युनिट संकलन भएको छ । संस्थाका संस्थापक नेपालकेशरी राष्ट्रसन्त डा.मणिभद्र मुनिजी महाराजको ५८ औं जन्मोत्सव अवसरमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रम गण्डकी प्रदेश राप्रपा संसदीय दलका नेता एवं पूर्व मन्त्री पञ्चराम गुरुङले पहिलो रक्तदाता कमल सुवेदीलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । उनले सनातन धर्म संस्कृति जगेर्ना गर्न मणिभद्र मुनिजीजस्ता सन्तहरुको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँजस्ता साधकीको जन्मदिनमा रक्तदान हुनु पुण्य कार्य हो भने । मन्त्री गुरुङ आफैंले पनि रक्तदान गरे ।

सनातन धर्म सेवा समिति अध्यक्ष रवीन्द्र माकाजू, मानव मिलन संस्था स्याङ्जाका अध्यक्ष नाारायणप्रसाद पौडेल, मानव मिलन संस्था पोखराका संस्थापक अध्यक्ष रेशमीराज सुवेदी, मानव मिलन संस्था लेखनाथका सचिव गुरुप्रसाद सापकोटा, पूर्व उपाध्यक्ष कमला शर्मा लगायतले बोलेका थिए । मानव मिलन संस्था पोखराका अध्यक्ष गुप्तप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमका उपाध्यक्ष एवं कार्यक्रम संयोजक विष्णुहरि तिम्सेनाले स्वागत र महासचिव शान्त लामिछानेले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width