कुसुन्ने मेथलाङ खानेपानीमा गणेश

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०८०
kusunne khanepan

पोखरा । सराङकोटस्थित कुसुन्ने मेथलाङ लिफ्टिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समूहकोे शनिबार भएको नवौं साधारणसभा तथा तेस्रो अधिवेशनले गणेश देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष कृष्णप्रसाद गौतम, सचिव मञ्जु गौतम, कोषाध्यक्ष कविता गौतम चयन भए । सदस्यहरू प्रेमराज अधिकारी, किशोर तिमिल्सिना, सोवित तिमिल्सिना, कोषराज दवाडी र अमृत गौतम छनोट भए ।

कार्यक्रममा पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले खानेपानी जीवनको आधारभूत पक्ष भएको स्पष्ट पार्दै पानीको शुद्धता कायम गर्न सबैले प्रयास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडासदस्यहरू रमेश थापा, कल्पना ढकाल क्षत्री, नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, जनमैत्री टोलका अध्यक्ष रामप्रसाद गौतम, मेथ्लाङ युबा क्लबका सचिव रोहन देवकोटा, पार्वती तिमिल्सिना लगायतले धारणा राखे ।

कार्यक्रमका बीच वयोवृद्ध टीकाराम देवकोटा, नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, मेथ्लाङ आमा समूह, वडा सदस्यसमेत रहेका समूहका अध्यक्ष नमराज सुवेदी लगायतलाई सम्मान गरियो ।

समूहका अध्यक्ष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष मञ्जु गौतमले आर्थिक प्रतिवेदन पेस गरिन् । कार्यक्रम सचिव गणेश देवकोटाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width