जुनियर सिटिजन्समा विद्यार्थी बिदाइ

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०८०
jca school

पोखरा । जुनियर सिटिजन्स एकेडेमी (जेसिए) बुढीबजारमा कक्षा १२ का विद्यार्थीलाई शनिबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ । कक्षा ११ का विद्यार्थीले उनीहरूलाई बिदाइ गरेका हुन् ।

कार्यक्रममा प्रधानाध्यापक सुन्दरप्रसाद ढकालले कार्यक्रम गरेको मा कक्षा ११ का विद्यार्थीप्रति आभार प्रकट गर्दैे सुखमय जीवनका लागि अनुशासनसहितको मेहनत आवश्यक रहेको बताए । उनले शिक्षा लिनु भनेको नैतिकतामा रहनु हो भन्दै आफ्नो मातृभूमिलाई माया गर्न विद्यार्थीलाई सुझाव दिए ।

निर्देशक मुकुन्द वस्तीले अनुशासन नै विद्यार्थीको गहना भएको उल्लेख गर्दै यसबीचमा कक्षा १२ का विद्यार्थीलाई आफूहरुले नजिकबाट चिन्ने मौका पाएको जनाए । उनले जीवनमा शिक्षाको महत्व उल्लेखनीय रहने चर्चा गरे ।

शैक्षिक प्रशासन प्रमुख सुन्दरप्रसाद मानन्धरले विद्यार्थीको भविष्यप्रति विद्यालयले सधैं चनाखो रहेको स्पष्ट पार्दै असल नागरिक बन्न विद्यार्थीलाई सुझाव दिए ।

कक्षा १२ का विद्यार्थीद्वय अनुप सुवेदी तथा आयुषी परियारले आफूहरुले विद्यालयबाट असल संस्कारसहितको शिक्षा पाएको धारणा राख्दै बिदाइ गरेकोमा कक्षा ११ का भाइबहिनीलाई धन्यवाद दिए ।

कार्यक्रमका बीच शैक्षिक एवं अतिरिक्त क्रियाकलापतर्फका पुरस्कार वितरण गरियो । त्यस्तै विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति राखे ।

कक्षा ११ का विद्यार्थी अभय शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कक्षा ११ का सविन गुरुङले स्वागत तथा कक्षा ११ का मन्दिका राना, श्रीपदा अधिकारी, सार्थक सुवेदी र शिशिर गौतमले कार्यक्रम सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width