अरुणा लामा र तारादेवी स्मृति साँझ भव्य

आदर्श समाज सम्वाददाता
माघ १४, २०८०
harmony 3

पोखरा । हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्ज आयोजनामा अरुणा लामा–तारादेवी स्मृति साँझ–२०८० भव्यरुपमा सम्पन्न भएको छ ।

एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र पोखरेली महिला कलाकारको साझा संस्था हार्मोनीले स्वरसाम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवस सन्दर्भ पारेर शनिबार ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ गरेको हो ।

साहित्यकार, गीतकार, निर्देशक तथा अन्वेषक कवि प्रकाश सायमीले नेपाली सुगम संगीत, अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका नसुनिएका कथासहित प्रवचन दिए ।

पोखरेली महिला कलाकारले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गरे । उनीहरुले गीत गाएर ट्रिब्यूट दिए ।

करिब २ घण्टा चलेको कार्यक्रममा हार्मोनीका अध्यक्ष ईतु जोजिजुले अरुणा लामाको ‘तिम्रो माया पथ्थरको झुक्याउने रुप जस्तो..’, तारादेवीको ‘तिम्रो नाम अझै छ ओठमा…’, कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य र तारादेवीको फूलैफूलको मौषम तिमीलाई….’, रजनी रिदम राईले अरुणा लामाको चौतारीमा बसेर रुन पाउ…, तारादेवीको मनको निश्चलतामा…, मितु पालले अरुणा लामाको ‘म त चुपचाप बँसे….’ र तारादेवीको ‘आमा भएर बोकी हेर….’ गीत गाएर अरुणा लामाप्रति ट्रिब्यूट दिएका हुन् ।

शीतल थापाले अरुणा लामाको ‘लहरे बर घुमाउने चौतारी र तारादेवीको ‘एक फूल झरेर के भो…..’ अजुदा थापाले अरुणा लामाको ‘कल कल सल सल…. र तारादेवीको आउन आउ तिम्रो खुसी…’ बोलको गीत गाए ।

अन्त्यमा, लक्ष्मी गिरीसहितका गायिकाहरुले गायिकाद्वयका चर्चुत गीतको मिड्ले प्रस्तुत गरि बिट मारेका थिए । कार्यक्रममा युगल आवाजमा गायक संगीतकार रामभक्त जोजिजुले साथ दिएका थिए ।

कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट प्रत्यक्ष प्रशारण भएको थियो ।

कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले अघिल्लो वर्षदेखि सुरु भएको अरुणा लामा–तारादेवी स्मृति साँझ हरेक वर्ष आयोजना गरिँदै जाने बताए । कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा उनले धन्यवाद दिए ।

डिजिटल साउन्ड एन्ड भिजन न्यूरोड र रुपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्रपुलको संयुक्त प्रस्तुतिमा माछापुच्छे बैंक्यूट, न्यूरोडमा भएको कार्यक्रममा सहभागीको खचाखच भिड थियो ।

  

Related News

सम्बन्धित समाचार

hero news full width