टाइगर कपमा भलिबल समूह चरणको खेल जारी

आदर्श समाज सम्वाददाता
माघ २, २०८०
Tiger Cup 2nd Day Photo

पोखरा टाइगर ग्रुप अफ पोखरा नेपाल आयोजनामा पोखरा रंगशालामा जारी ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’ मा समूह चरणका खेल जारी छन् ।

मंगलबार महिला र पुरुषतर्फ २÷२ खेल भए । लिग कम नकआउट अनुसार खेलाइएकोमा उक्त प्रतियोगितामा मंगलबार पहिलो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । ३ भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी २५–१०, २५–०९ र २५–१६ को सेटमा हार व्यहोर्नुपरेको थियो । यो जितसँगै महिलातर्फ समूह ‘ए’ मा रहेको नेपाल पुलिस ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । अघिल्लो दिनको खेलमा एपिएफसँग २ सेट जितेर १ अंक खोसेको थियो । एक खेल कम खेलेको एपिएफ भने २ अंकका साथ दोस्रो स्थानमा छ । भने एपिएफसँग खेल्न बाँकी रहेको गण्डकी तेस्रो स्थानमा छ ।

सोमबार महिलातर्फको दोस्रो खेलमा त्रिभुवन आर्मीले हरियाणा टिम भारतलाई ३–२ को सेटमा हराएको हो । आर्मीले हरियाणालाई हराउनेक्रममा २५–२३, २०–२५, १८–२५, २५–१७ र १५–१२ को सेटमा हराएको हो । अघिल्लो दिनको खेलमा न्यू डायमण्डसँग हार व्यहोरेको आर्मीले यो जितसँगै २ अंक जोडेको छ ।

समूह ‘बी’ मा ३ अंकका साथ न्यू डायमण्ड शीर्षस्थानमा छ । भने आर्मी २ अंकका साथ आर्मी दोस्रो र हरियाणा १ अंक जोड्दै तेस्रो नम्बरमा छ । मंगलबार हुने आर्मी र हरियाणाबीचको खेलले अघिल्लो चरणमा जाने टिमको टुंगो लाग्नेछ ।

पुरुषतर्फ समूह ‘बि’ अन्र्तगतको खेलमा श्रीलंका आर्मी टिमले विभागीय क्लब एपिएफलाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो पटक नेपाल खेल्न आएको पाहुना टोली श्रीलंका आर्मी टोलीले पहिलो सेट २३–२५ को पछि परेको श्रीलंका आर्मी खेलमा फर्किंदै लगातार ३ सेट आफ्नो पक्षमा पार्न सफल भएको हो । पहिलो सेट गुमाएपछि २५–१९, २५–२१ र २५–१३ ले पुनरागमन जित हात पारेको हो ।

उक्त समूहमा एपिएफ र श्रीलंका आर्मी टिमको ३/३ अंक रहेको छ । मंगलबार हुने नेपाल पुलिस क्लब र श्रीलंकाको टिमबीच हुने खेलबाट अर्को चरणमा पुग्ने टिमको छिनोफानो हुनेछ ।

पुरुषतर्फ नै समूह ‘ए’ मा मंगलबार एक खेल भएको छ । त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोर्ट्सबीच भएको खेलमा हेल्प नेपला विजयी भएको हो । ३ पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपाल स्पोर्टस् क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लब बीचको खेलमा हेल्प नेपालले ३–१ सेटमा आफ्नो पहिलो खेल जित्दै ३ अंक हात पारेको हो । हेल्प नेपालले आर्मीलाई २५–१८, २५–२०, २५–२३ र २५–२० ले पराजित गरेको हो । यो समूहमा हेल्प नेपाल ३ अंकका साथ शीर्ष स्थानमा छ भने गण्डकी प्रदेश र हेल्प नेपालबीच खेल हुनेछ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रोले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही २५ हजार प्राप्त गर्ने छन् । विधागततर्फ पनि पुरस्कारको व्यवस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width