पाेखरामा टाइगर कप भलिबल सुरू

खेल क्षेत्र र खेलाडीहरुलाई निराशा नहुने गरी बजेट बिनियोजन हुनेछ: मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
माघ १, २०८०
Tiger Cup Opening Photo

पोखरा । पोखरा रंगशालामा सोमबारदेखि चौथो टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई खेलकुदलाई पर्यटनसँग जोड्न सक्नुपर्ने बताए । उनले भने, ‘हाम्रो प्रदेश पर्यटनको बलियो सम्भावना भएको प्रदेश हो । त्यसैले खेल क्षेत्रलाई पनि पर्यटनसँग जोड्न सक्यौं भने गण्डकी प्रदेशको विकासलाई अझै उच्च तहमा पुर्‍याउन सक्नेमा विश्वस्त छौं ।’ पाण्डेले आगामी वर्षमा खेलाडीहरुलाई निरासा नबनाउने गरी योजनामा बजेट ल्याउने बताए । ‘पछिल्लो समयमा खेलकुदका कार्यक्रममा विभिन्न जिल्ला पुग्दा खेलकुदको क्रेज बढेको देखेको छु,’ उनले भने, ‘त्यसैले आगामी बजेटमा खेल क्षेत्र र खेलाडीहरुलाई निराशा नहुने गरी बजेट बिनियोजन गर्नेछौं ।’ उनले गण्डकी प्रदेशमा भएका खेल पूर्वाधारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकारले आफ्नोतर्फबाट पहल गर्ने बताए ।

सो अवसरमा जेपी क्रसलाई सम्मान गरिएको थियो । बेलायतबाट नेपाल आएर शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा अतुलनीय योगदान पु¥याएकाले उनलाई सम्मान गरिएको थियो । उनलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा महिलातर्फ एपिएफले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित ग¥यो । एपिएफले पहिलो सेट २५–१८ को जित हात पा¥यो । दोस्रो २५–१८ ले आफ्नो पोल्टामा पार्दा तेस्रो सेटमा पछि प¥यो । तेस्रो सेट पुलिसले २५– १९ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्किएको थियो । चाथौं सेट पनि पुलिस अघि बढ्दै २५–१८ को सेटमा आफ्नो पोल्टामा पायो । तर, फाइनल सेट एपिएफले १५–१३ ले जित्यो । समूह ‘ए’ मा रहेको पुलिस हारे पनि तालिकामा १ अंक जोडेको छ । भने खेल जितेको एपिएफ २ अंक जोड्न सफल बनेको छ ।

महिलातर्फ दोस्रो खेलमा न्यु डायमण्डले आर्मीलाई ३–१ को सेटमा हराएको छ । पहिलो सेटमा चन्द्रागिरि नगरपालिका न्यु डायमण्डले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट भने आर्मीको पक्षमा रह्यो । आर्मीले २५–२३ को जित हासिल गरे पनि चौथो सेटमा आर्मी माथी २५–१५ को जित हासिल गरेको हो ।

तेस्रो खेलमा पुरुषतर्फ एपिएफले नेपाल पुलिसलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । एपिएफले २५–१८ ले पहिलो सेट आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट एपिएफले ३३–३१ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेटमा

एपिएफले २५–१७ को सहज जित निकाल्दै ३ अंक जोडेको हो ।

पहिलो दिनको अन्तिम खेल पुरुषतर्फ त्रिभुवन आर्मी क्बल र गण्डकी प्रदेशबीचको खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको छ । खेल स्थगित हुनु अघि गण्डकीले २ सेट जितिसकेको थियो भने आर्मीले एक सेट जितेको थियो । खेल अब

समूह चरणका खेल सकिएपछी हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले (महिला–पुरुष) ले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार ५ सय ५५ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीले एक्सटिप फेसनको जुत्ता प्राप्त गर्नेछन् ।

महिलातर्फ समूह ‘ए’ मा एपिएफ, गण्डकी र पुलिस छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड र हरियाना टिम भारत रहेका छन् । पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल

स्पोट्र्स क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम रहेका छन् ।

पोखरा रंगशालाको भलिबल कोर्टमा प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width