पोखरा । २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता माघ ९ देखि २० सम्म हुने भएको छ । आयोजक सहारा क्लब पोखराले प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघबाट उक्त समय तालिका प्राप्त भएको महासचिव रामजीप्रसाद अधिकारीले जनाए ।
पोखरा रंगशालामा बर्सेनि हुँदै आएको सो प्रतियोगितामा यसपालि पनि विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजकले भाग लिने छन् । गत संस्करणको विजेता संकटा क्लब काठमाडौं तथा उपविजेता भुटनीज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका हो ।
‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने मन्त्रका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराकै पर्यायवाचीको रुपमा लिने गरिन्छ । प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ । साथै, पोखरा महानगरपालिकाको प्रवद्र्धन, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अखिल नेपाल फुटबल संघ, जिल्ला खेलकुद विकास समिति कास्की र प्रदेश फुटबल संघ गण्डकी, जिल्ला फुटबल संघ कास्की, सहारा युके, सहारा क्लब हङकङ, सहारा क्लब अष्ट्रेलिया र सहारा क्लब हङकङका सल्लाहकार एवं कानुन व्यवसायी देव गुरुङ समेतको विशेष सहयोग रहेको प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जनाए ।
अफिसियल बैंक लुम्बिनी विकास बैंक र अफिसियल एयरलाइन्स बुद्ध एयर हो । उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्रायोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङद्वारा प्रायोजन गरिएको छ । म्यान अफ द म्याच ट्रफी, नगद र मेडल, सहारा युकेद्वारा सौजन्य प्राप्त हुनेछ ।
प्रतियोगितामा बचत हुने रकम क्लबबाट संचालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । क्लब विपन्न तथा कठिन परिस्थितिका बालकलाई आवासीय रुपमा निशुल्क स्वास्थ्य, शिक्षादीक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोबिल्लामा प्रदान गर्दै आएको क्लब अध्यक्ष केशवराज बरालले बताए ।
हाल चौंथो व्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालकहरु आश्रित छन् ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१