महारुद्रका विद्यार्थीलाई न्यानो कपडा

आदर्श समाज सम्वाददाता
पौष ८, २०८०
Kapada Bitaran pic 03

लेखनाथ । लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीले शनिबार मादी गाउँपालिका वडा नंं ६ तप्राङमा रहेको महारुद्र माध्यमिक विद्यालयका १ सय ५० विद्यार्थीलाई ट्रयाकसुट र टिसर्ट वितरण गरिएको हो ।

न्यानो कपडा वितरण गर्दै मादी गाउँपालिका वडा नंं ६ का वडाध्यक्ष दिलबहादुर क्षेत्रीले पालिकाको विकट ठाउँमा रहेको विद्यालयका विद्यार्थीलाइै सहयोग गरेकोमा प्रशंसा गरे । उनले लायन्स क्लबका सेवामूलक कामहरू सहर केन्द्रितमात्रै हुँदैनन् भन्ने पुष्टि भएको उल्लेख गरे । यस प्रकारको पोसाकले विद्यालयको पहिचानमा सहयोग पुगेको उनको भनाइ थियो ।

कार्यक्रममा लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ के का स्थायी क्लब कोचिफ भक्तबहादुर केसीले क्लबका सदस्यहरुले खाजा खर्च कटाएर स्थानीय विद्यालय र अभिभावकसँग सहकार्य गरी पोसाक वितरण गरिएको बताए ।

लायन्स क्लव अफ अन्तर्राष्ट्रिय ३२५के का डिर्पाटमेन्ट चिफ नवराज सापकोटाले क्लबको वार्षिक कार्यक्रमअन्र्तगत विभिन्न सहयोगका कार्यक्रम गर्दै आएको बताए । उनले ज्येष्ठ नागरिक, बौद्धिक अपांगता भएका बालबालिकाका लागि समेत सहायता सामग्री वितरण गरिएको बताए ।

लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटीका अध्यक्ष विश्वमणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लीराम देवकोटा, जोन चियर पर्सन गंगा मल्ल, लायन्स क्लब अफ लेखनाथ सुनगाभाका अध्यक्ष प्रतीक्षा रानाभाट, गार्डेन सिटीका निवर्तमान अध्यक्ष रविचन्द्र घिमिरे, कोषाध्यक्ष दीपक बानियाँसमेतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width