पोखरा । भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका र छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा अनुभव साटिएको छ ।
‘अल्प्स मिट द हिन्दु कुश हिमालय’ विषयक सत्रमा इर्मट्रडले आफू र आफ्नी आमाले लामो समय लगाएर अस्ट्रियासहित नेपाल र भारतका विभिन्न ठाउँमा खिचिएका तस्वीरबारे अनुभव सुनाएकी हुन् ।
सन् १९१७ मा अस्ट्रियामा जन्मिएकी भूगर्भविद् एवं फोटोग्राफर डा इरिका हुबाचेक आफ्नो जीवनकालमा थुप्रै हिमाली क्षेत्रको अध्ययन गरेकी थिइन् । सोही क्रममा विभिन्न ठाउँमा फोटो खिचेकी थिइन् । उनको सन् २०१० मा मृत्यु भएको थियो । तर, आमाको बाटो पछ्याउँदै उनकी छोरी इर्मट्रड हुबाचेक पनि हिमाली फोटोग्राफीमा लागिन् । तस्वीरमा आमाछोरीले नै हिमाली किसानका जनजीवन, रहनसहन उतारेका थिए । विश्वभरका विभिन्न देशका हिमाली क्षेत्रका किसानको तस्वीर खिच्दै हिँडेका उनीहरुले जुन क्षेत्रमा भए पनि हिमाली रहनसहन मिल्दोजुल्दो भेट्टाएको छोरी इर्मट्रडले सुनाइन् ।
इर्मट्रडले आफ्नी आमा र आफूले लामो समय लगाएर विभिन्न ठाउँमा खिचिएका तस्वीरबारे अनुभव सुनाइन्
‘सबै ठाउँका महिलाहरुको समान जीवनशैली रहेछ । उनीहरु बिहानै घामको झुल्कोसँग उठ्छन् र नअस्ताउञ्जेल खेती किसानी गर्छन्,’ उनले भनिन्, ‘सबै हिमाली भेगमा संयुक्त परिवार हुन्छ । १४÷१५ जनासम्म एकै परिवारमा बस्छन् । त्यसले कृषि काममा फाइदा हुन्छ ।’
आफू र आमाले खिचेका तस्वीर कथा सुनाउँदै उनले अगाडि भनिन्, ‘सबै ठाउँका हिमाली महिलाहरुले गर्ने संघर्षमात्रै होइन, उनीहरुले अपनाइरहेको संस्कृतिदेखि जीवनशैली पनि एकैएकै प्रकारको छ ।’
हुबाचेक आमाछोरीले लामो समय लगाएर फरक–फरक मितिमा खिचेका फरकफरक भूगोलका ऐतिहासिक र दुर्लभ तस्वीर गत पर्यटन दिवसदेखि पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा प्रदर्शनमा राखिएको हो ।
आफूहरुले समयको फरकभन्दा पनि समान जीवनशैली देखाउन खोजेको उनले बताइन् । जीवनको लामो समय हिमाली भेगको जीवनशैली अध्ययनमै बिताएकी उनले पछिल्लो समय हिमाली जनजीवन फेरिँदै गएको बताइन् । उनले प्रविधिको उच्च पहुँचसँगै जनजीवन विस्तारै परिवर्तन हुँदै गएको अनुभव सुनाइन् ।
नेपाल पर्वतारोहण संघले बर्सेनि आयोजना गर्दैै आएको पर्वतीय महोत्सव बिहीबारदेखि सुरु भएको हो । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस हुने सदस्य सचिव निर्मला न्यौपानले जानकारी दिइन् ।
उद्घाटन अवसरमा ‘साइलेन्ट बर्डस्’ नामक नाटक देखाइएको थियो । नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा देखाइएको ‘साइलेन्ट बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे सन्देश दिएको थियो ।
किम्फसँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे ५ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ । आठौं संस्करणको पर्वतीय महोत्सवमा ‘टग अफ वार’ सँगै छेलो, जिपलाइन, आर्चरी पनि समावेश गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
बुद्धजयन्तीमा याङ्जाकोटमा मेला
जेसीज सप्ताहमा रक्तदान
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१