लामा फाउन्डेसनका अमृतद्वारा शैक्षिक सामग्री र पोसाक वितरण

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०८०
Bal magar

पोखरा । लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका ३ विद्यालयमा शैक्षिक सामग्री र पोसाक वितरण गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १०/११ स्थित घान्द्रुकका सरस्वती आवि, छुर्लुङ आवि र तालवाराही आविका ३७ जना विद्यार्थीलाई फाउन्डेसनका संस्थापक गुरुङले शैक्षिक सामग्री र पोसाक वितरण गरेका हुन् ।

शैक्षिक सामग्री र पोसाक वितरणपछि फाउन्डेसनका संस्थापक गुरुङले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले शिक्षासँग जोडिएको बताए । ‘घान्द्रुकको विभिन्न स्थानलाई समेटेर वृत्तचित्र निर्माण गरेको थिएँ, घान्द्रुक, पोखरा र काठमाडौं लगायत स्थानपछि बेलायत र हङकङमा वृत्तचित्र प्रदर्शन गर्ने अवसर पाएँ’, गुरुङले भने, ‘फाउन्डेसनमार्फत् विभिन्न क्षेत्रमा जोडिएको छु, सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले शिक्षासँग जोडिएको छु ।’

हामीले शैक्षिक क्षेत्रबाहेक स्वास्थ्य र खेलकुद क्षेत्रमा पनि सहयोग गर्दै उनले बताए । ‘हामीले यस अगाडि पनि विभिन्न समयमा सहयोग गरिसकेका छौं, शैक्षिक क्षेत्रसँगै यस अगाडि स्वास्थ्य र खेलकुदमा पनि सहयोग गर्दै आएका छौं,’ उनले भने । फाउन्डेसनले यसअघि लमजुङको एक विद्यालय र घान्द्रुकको तिख्यानस्थित कुर्लङवराह आधारभूत विद्यालयमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width