पोखरा । विश्व मत्स्य दिवसका अवसरमा मंगलबार फेवातालमा १२ हजार भुरा छाडिएको छ । मत्स्य विकास केन्द्र मिर्मी स्याङ्जाले फेवातालमा स्थानीय जात नैनी, सहर लगायत ६० ग्राम तौल माथिका भुरा छाडेको हो ।
फेवातालको प्राकृतिक सन्तुलन कायम गर्न र मुख्यगरी जलारी समुदायको आयआर्जनमा सघाउ पु¥याउने उद्देश्यले तालमा भुरा छाडिएको मत्स्य विकास केन्द्रका प्रमुख रविनसन अधिकारीले बताए । वातावरण र जैविक विविधताको संरक्षण गर्दे दिगो रुपमा मत्स्य क्रियाकलापलाई प्राथमिकतामा राखेर केन्द्रले काम गर्दै आएको उनले बताए ।
अधिकारीले गण्डकी प्रदेशमा वार्षिक २ हजार टन माछा उत्पादन हुने गरेको जानकारी दिए । नेपालमा विभिन्न २ सय ५२ जातका माछाका प्रजाति पाइने गरेकामा २ सय ३६ जात यहींकै रैथाने रहेको बताइन्छ । नेपालमा मात्र पाइने १६ जात रहेको अधिकारीले बताए ।
गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागार्इंले गण्डकी प्रदेशमा मत्स्य पालनको राम्रो सम्भावना रहेको बताए । यहाँका प्राकृतिक जलाशय तथा नदीनालामा माछापालन गरी राम्रो आयआर्जन गर्न सकिने उनले बताए ।
सचिव हुमागाईंले भने, ‘हाम्रो प्रदेशमा प्रशस्त प्राकृतिक जलाशय तथा नदीनालाहरू रहेकाले माछापानलको राम्रो सम्भावना छन् । माछा गण्डकी प्रदेशबाहिर पनि निर्यात गर्न सकिने र प्रशस्त आयआर्जनको सम्भावना रहे पनि राम्रोसँग काम गर्न सकेका छैनौं । अब हाम्रा निकायहरूले प्रदेश र स्थानीय सरकारले मत्स्य विकास रणनीति बनाएर सोहीअनुसार कार्यनीतिसहित अघि बढ्नु आवश्यक छ ।’
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त महानिर्देशक डा. बालकुमार श्रेष्ठले मत्स्य विकासका लागि माछापालक किसान तथा जलारी समुदायलाई सहयोग गर्दै आएको बताए । फेवातालको माछा संरक्षण र ब्रान्डिङ गर्न सके तालमा आश्रित जलारी समुदायको जीवन आर्थिक रुपमा सबल हुने श्रेष्ठले बताए । श्रेष्ठले भने, ‘फेवातालमा विभिन्न फरकफरक प्रकृतिका माछालाई व्यावसायिकरुपमा पालन गर्न सकेको अवस्थामा पर्यटकका लागि समेत थप आकर्षण बन्न सक्दछ । मत्स्य पालन र यसको बजारीकरणमा हामी सहयोग गर्न तयार छौं ।’
पशु सेवा तालिम केन्द्र कास्कीका प्रमुख डा. ग्रीष्म न्यौपानले स्थानीय माछा संरक्षणसम्बन्धी कार्यहरुलाई प्राथमिकता नदिएको खण्डमा प्राकृतिक जलाशयमा पाइने स्थानीय माछालगायत जलीय जीवहरू लोप हुन सक्ने बताए ।
हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष सोमबहादर पोडे विगतमा रैथाने माछा पाइने गरे पनि अहिले फेवातालमा स्थानीय माछा हराइरहेको बताउँछन् । तालमा माछा उत्पादन घट्दै जाँदा जलारी समुदायलाई परिवार पाल्न समेत मुस्किल पर्दै गएको उनको भनाइ थियोे ।
उनले भने,‘बाढी, पहिरो लगायत कारणबाट माछालाई हानि पुगेको छ । तालमा माछा घ्टदै गएको छ । माछापालनका लागि केज अभाव छ । सरकारले जलारी समुदायलाई सहयोग नगर्ने हो भने विस्थापित हुनुपर्ने बाध्यता छ ।’
कार्यक्रममा पोखरा महानगर कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका प्राविधिक अधिकृत सुरेशकुमार श्रेष्ठ लगायतले जलीय जीव संरक्षणका लागि तालमा माछाको भुरा छाड्ने, जनचेतना जगाउने, अव्यवस्थित माछा मार्न रोक्ने तथा नियमन गर्ने र आश्रित समुदायलाई जलीय जीव संरक्षण गर्न प्रमुख जिम्मेवार बनाउनुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
पोखरा २८ मा कृषियन्त्र र मौरी घार वितरण
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
अन्नपूर्णमा धानखेती तालिम
किसानलाई मौरीसहितको घार अनुदानमा
‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१