युवा समाजसेवी डिल्लीराम बराललाई मातृशोक

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०८०
362231377_1741034589649045_4283032798330375514_n

आमा कुन्तीदेवीसँग डिल्लीराम बराल ।

पोखरा, ४ साउन । पोखराका युवा समाजसेवी डिल्लीराम बराललाई मातृशोक परेको छ । उनकी आमा कुन्तीदेवी बरालको ८० वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।

डिल्लीराम बराल आर्वाविजय मावि, आर्वाका प्रधानाध्यापक तथा सरस्वती टीका बहुमुखी क्याम्पस, भरतपोखरीका अध्यक्ष हुन्।

उनी कैयौं सामाजिक संघसंस्थामा आबद्ध छन् । उनी नेपाल रेडक्रस सोसाइटी कास्कीका सदस्य तथा मानवीय मूल्य प्रवद्र्धन समितिका संयोजक हुन् । सहकारी अध्यक्षहरुको संस्था कोप्सका संस्थापक अध्यक्ष उनी बाघमारा सहकारीका संस्थापक अध्यक्ष हुन् । उनकै अध्यक्षतामा एग्रो टुरिजम सहकारी संस्था संचालित छ। उनकै परिकल्पनामा भरतपोखरी विकास समाज पनि स्थापित भएको थियो । यसैगरी, शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ कास्कीमा उनी सहअध्यक्षको जिम्मेवारीमा छन् ।

पोखरा ३३, भरतपोखरी निवासी उनी बाबुआमाको एकमात्र सुपुत्र हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width