बक्सिङ संघमा नयाँ नेतृत्व, उपाध्यक्षमा पोखराका गणेश

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०८०
boxing awale

पोखरा । पोखराका गणेशबहादुर भट्टराई नेपाल बक्सिङ संघ उपाध्यक्षमा निर्वाचित भएका छन् । नेपाल बक्सिङ संघको बुधबार पोखरामा भएको छैटौं साधारण सभा अधिवेशनले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । बक्सिङका अन्तर्राष्ट्रिय खेलाडी भट्टराईसँग अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय उपमहासचिवको अनुभवसमेत छ ।

संघको अध्यक्षमा राम अवालेले निरन्तरता पाएका छन् । अधिवेशनले आगामी ४ वर्षका लागि २० सदस्यीय कार्यसमिति समेत निर्वाचित गरेको हो । वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी छन् भने ५ उपाध्यक्षमा भोजराज सिटौला, गणेशबहादुर भट्टराई, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र राम बहादुर गिरी निर्वाचित भए । महासचिवमा मानबहादुर भण्डारी, सचिवमा पुस्करराज पन्त, कोषाध्यक्षमा गौतम सुजखु निर्वाचित छन् । सदस्यमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राणा, बमबहादुर स्याङ्तान, रेखा थापामगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समरजंगबहादुर चन्द चयन भए ।

यसअघि, राखेप सदस्यसचिव टंकलाल घिसिङले साधारणसभा उद्घाटन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width