पोखरा विश्वविद्यालय २७ औं वर्षमा प्रवेश

आदर्श समाज सम्वाददाता
श्रावण २, २०८०
PU Day 208041

पोखरा । पोखरा विश्वविद्यालय स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा विश्वविद्यालयले विश्वविद्यालय प्रांगण लेखनाथमा सरसफाइ तथा विश्वविद्यालयको स्थापना, विकास र विस्तारबारे एक औपचारिक कार्यक्रम गरी दिवस मनाएको छ ।

समारोहमा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने प्रावधान भएकोले नया“ सम्बन्धन प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालयमा सरकारको लगानी ज्यादै न्युन रहेकोले आफँैमा धानिन सक्ने गरी आंगिक कलेजको विस्तार तथा नया“ विधा र क्षेत्रहरूमा नयाँ कलेजहरूलाई सम्बन्धन दिनै पर्ने उनको भनाइ थियो । कलेजहरूको नियमित अनुगमन गर्ने र नचलेका कार्यक्रम खारेज गर्ने, प्राज्ञिक सुधारका लागि शिक्षक, विद्यार्थीलाई अनुसन्धान र उद्यमशीलतामा प्रेरित गर्ने र कर्मचारीलाई तालिम प्रशिक्षण दिने, पाठ्यक्रमलाई परिमार्जन गर्दै जाने नीति विश्वविद्यालयको रहेको उनको भनाइ थियो ।

पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा तीर्थराज अर्यालले शिक्षकले अनुसन्धान र थेसिस गाईडलाई प्राथमिकतामा राखी आफ्नो योग्यता अद्यावधिक गर्दै जानुपर्ने बताए । विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयको आम्दानीको मुख्य स्रोत भनेको नै विद्यार्थी भएकोले नया“ नया“ ठाउ“मा रोजगार र बजारमुखी कार्यक्रम सञ्चालन गरी विद्यार्थी भर्नादर बढाउनुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन सहप्राडा अजय थापाले विश्वविद्यालय शून्यबाट सञ्चालन भई हाल स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तहमा कार्यक्रम सञ्चालन गरेको र ६६ वटा कलेजअन्तर्गत ६४ कार्यक्रम सञ्चालन गरी ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययरत रहेको जानकारी दिए ।

पोखरा विश्वविद्यालयमा ६६ कलेजअन्तर्गत ६४ कार्यक्रम सञ्चालन गरी ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययरत 

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेशकुमार ठगुराठीले विश्वविद्यालयलाई सबैले आफ्नो घर सम्झी कार्य गर्नुपर्ने बताए । उनले विद्यार्थी कलेक्सन होइन सेलेक्सनबाट लिन सक्ने गरी विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन सहप्राडा अमर नागिलाले पोखरा विश्वविद्यालयले उच्चशिक्षाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै यसलाई सबैले अझ बढी पढ्न लायक र काम गर्न लायक बनाउनुपर्नेमा जोड दिए । व्यवस्थापन संकायका डिन सहप्राडा दयाराज ढकालले विश्वविद्यालयलाई माया होइन प्रेम गरेर अगाडि बढ्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा पोखरा विश्वविद्यालका परीक्षा नियन्त्रक सहप्राध्यापक तुल्सीराम भण्डारीले विश्वविद्यालयको लागि सबैले बस्तुनिष्ठ भएर सोच्नुपर्ने बताए । पोखरा विश्वविद्यालयका कार्यकारी परिषद्का सदस्य उपप्राध्यापक योगराज लामिछानेले विश्वविद्यालयको विकृति र विसंगतिका हिस्सेदारी हामी सबै हौ भन्दै विधि र पद्दतिमा विश्वविद्यालय सञ्चालन गर्न सबैले पहल र प्रतिबद्धता गर्नुपर्ने बताए । उनले एकदिनमा धेरै पटक बैठक बसे पनि आफूले एउटा बैठकको मात्र भत्ता लिने प्रतिबद्धता जाहेर गरे ।

पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्राडा दीपकराज पौडेलले विश्वविद्यालयलाई कसैले कमजोर बनाउन नहुने उल्लेख गरे । पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति सहप्राडा नीरञ्जन श्रेष्ठले विश्वविद्यालयमा प्रायजसो हुने बन्द हड्तालले विश्वविद्यालय जर्जर बनेको उल्लेख गर्दै यस्तो संस्कृति सधैँका लागि अन्त्य गर्न भौतिक एवं शैक्षिक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । उनले विद्यार्थीका लागि कक्षाकोठा, खेल्ने ठाउ“, पाठ्यसामग्री, चमेनागृह, सभाहल आदिको व्यवस्थापनका साथै शिक्षक कर्मचारीको लागि सेवा आयोगको विज्ञापनमा विशेष जोड दिनुपर्ने बताए ।

पोखरा विश्वविद्यालय सभाका सदस्य रामबाबु भण्डारीले पोखरा विश्वविद्यालय सञ्चालनमा धेरै चुनौती र अवसर दुवै रहेको उल्लेख गर्दै यसको उन्नति र प्रगतिमा सबै एकजुट भएर तन, मन र कर्मका साथ लाग्नुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सहप्राडा पूर्णबहादुर खा“डले पोखरा विश्वविद्यालय अझै पूर्ण आकारमा आइनसकेको उल्लेख गर्दै यसको विकास र विस्तारमा सबैले आत्म समीक्षा गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेशका स्कुल निर्देशक सहप्राडा श्रृजन ज्ञवालीले पोखरा विश्वविद्यालयको सञ्चालनमा सबैको उत्तिकै समान महत्व रहेको उल्लेख गर्दै सबैले कर्तव्यनिष्ठ भएर काम गर्नुपर्नेमा जोड दिए । पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष सहायक प्रशासक चोलाकान्त च्वाईंले विश्वविद्यालय आफ्नो उद्देश्य अनुरूप चल्नुपर्ने बताए । कार्यक्रम सञ्चालन उपप्रशासक शिवराज पण्डितले गरे ।

२०५४ साउन १ मा पोखरा विश्वविद्यालय ऐन २०५३ जारी भई लागु भएको मितिलाई पोखरा विश्वविद्यालय दिवसको रूपमा मनाउ“दै आएको सूचना अधिकारी लोकप्रसाद ढकालले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width