सृजना बालगृहको अक्षयकोषमा बराल परिवारको सहयोग

आदर्श समाज सम्वाददाता
असार २६, २०८०
srijana bal

पोखरा । समाजसेवी पर्शुराम बराल परिवारले सृजना बालगृहमा अक्षयकोष स्थापनाका लागि २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

आफ्ना छोरा प्रवेश र बुहारी सुमनाको वैवाहिक वर्षगाँठको अवसरमा सहयोग गर्न पाउँदा खुसी लागेको समाजसेवी बरालले बताए । सृजना विकास केन्द्रले २०६४ सालमा स्थापना गरेको बालगृहमा हाल १६ जना बालबालिका पूर्णआश्रित रहेको बालगृह संयोजक सोमनाथ बरालले बताए ।

२०३७ सालदेखि शैक्षिक, सामाजिक महिला उद्यमी कार्य सहित सामाजिक कार्य गर्दै आएको सृजना विकास केन्द्रले बालगृहसँगै महतगौंडामा खानेपानी परीयोजना संचालन गरेकाे केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
कार्यक्रमम केन्द्रका सल्लाहकार सभापति गणेशबहादुर अधिकारी, प्रथम उपाध्यक्ष कृष्णमान ठुसाजु, सचिव भीम सुवेदी, कोषाध्यक्ष कृष्णप्रसाद बराल, केन्द्रका प्रमुख दिलीप सुवेदी लगायतले बोलेका थ्एि ।

द्वन्द्वपीडित तथा अभिभावकविहीन बालबालिकाको आश्रयका लागि स्थापित बालगृहको अक्षयकोषमा सहयोग गर्न सबैलाई आह्वान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width