पोखरा । विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा पदोन्नति एवम् विद्यावारिधी गर्नुभएका प्राध्यापकहरूलाई एक कार्यक्रमका बीच बिहीबार बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।
विन्दुवासिनी संस्कृत विद्यापीठ, नेपाल प्राध्यापक संघ इकाइ समितिको आयोजनामा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको आन्तरिक तथा खुला प्रतियोगिताबाट प्राध्यापकमा पदोन्नति भएका सत्यराज सुवेदी, श्रीराम बराल, डा.जगन्नाथ रेग्मी एवम् हालसालै ʿसिद्धान्तकौमुदीश्लोकसिद्धान्तकौमुद्यो: समीक्षणात्मकानुशीलनम्ʾ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गरेका उपप्राध्यापक डा.भानुभक्त आचार्यलाई सम्मान गरिएको हो ।
नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ, केन्द्रीय समितिका उपसभापति सहप्राध्यापक आनन्दमणि रिजालले एघार वर्षपछि विश्वविद्यालयमा पदोन्नतिको विज्ञापन भएको र आगामी दिनमा प्रत्येक दुई वर्षको अन्तरालमा यस्तो विज्ञापन गर्नैपर्ने व्यवस्था गराउनुपर्नेमा जोड दिए ।
पदोन्नत प्राध्यापकको प्राज्ञिक क्षमता र सीपबाट विश्वविद्यालयको गरिमा बढ्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा खुला प्रतियोगिताद्वारा उपप्राध्यापकबाट प्राध्यापक बन्न सफल डा.जगन्नाथ रेग्मीसहित सम्मानित प्राध्यापक एवम् प्राडा शालिग्राम सुवेदी, सह प्राध्यापक अम्बिकाप्रसाद भट्टराई, सहप्राध्यापक नारायणप्रसाद सापकोटा र कर्मचारी संघ एकाइ समितिका अध्यक्ष दुर्गारमण पराजुलीले बधाई तथा शुभकामना व्यक्त गरे । प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठ इकाइ समितिका सभापति डा. चूडामणि कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति प्रकाश पौडेलले स्वागत तथा सचिव डा. भोलानारायण रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गौरीशंकरमा रेडक्रस अभिमुखीकरण
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा
पोखरामा खटिए नयाँ नगर प्रहरी
नौविसे ओख्लेडाँडा टोलमा ठाकुर
hero news full width
मुख्य समाचार
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०