पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)द्वारा आयोजित डिजिटल मार्केटिङ तालिम सम्बन्धित २ दिने तालिम सम्पन्न भएको छ ।
प्रविधिमैत्री व्यवसायका लागि मञ्चले आफ्नो संस्थामा आवद्ध सदस्यलाई प्रविधिको प्रयोग गरि कसरी व्यावसायिक लाभ लिन सकिन्छ भन्ने विषयमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा प्रशिक्षण प्रदान गरेको हो ।
समापन समारोह गण्डकी प्रदेशका प्रदेश सभा सदस्य देवका पहारीले प्रविधिको प्रयोग विना व्यवसाय सञ्चालन गर्न कठिन हुने जनाउँदै तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्न आग्रह गरिन् । उनले लेकसाइडमा विभिन्न देशका पर्यटन आउने भएकाले उनीहरुको चाहाना अनुरुपको सेवा प्रदान गर्न साथै व्यवसायको बारेमा जानकारी दिन प्रविधि मैत्री व्यवसाय आजको आवश्यकता भएको बताइन् । उनले हरेकको हात हातमा मोबाइल फोन भएकाले यसलाई व्यवसाय प्रवद्र्धनका लागि प्रयोग गर्न उनको सुझाव थियो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन क्षेत्रमा महिलाको योगदानको चर्चा गर्दै तालिमले प्रविधिमैत्री व्यवसाय सञ्चालनमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे
कार्यक्रममा नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेशका प्रबन्धक नविन पोखरेलले परम्परागत मार्केटिङले अब व्यवसायले गति लिन नसक्ने भएकाले यसको महत्वलाई बुझ्न आग्रह गरे । पर्यटन क्षेत्रको विकासका लागि सिर्जनात्मक र रचनात्मकसँगै प्रविधिलाई पनि जोड दिनु पर्ने बताए । अहिलेको युग नै प्रविधिको युग भएकाले डिजिटल माध्यमबाट नै व्यवसाय प्रवद्र्धन गरेर व्यावसायिक लाभ लिनुपर्ने उनको भनाइ थियो ।
महिला पर्यटन व्यवसायी मञ्च पोखराका अध्यक्ष उमादेवी भण्डारीले पर्यटन क्षेत्रमा प्रभावकारी सेवा प्रवाहका लागि डिजिटल प्रविधिको मार्केटिङको आवश्यता महसुस गर्दै तालिमको प्रदान गरिएको बताइन् ।
कार्यक्रमा ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली, सल्लाहकार निर्मला कँडेल र सहभागीको तर्फबाट मिरा पौडेल र दमयन्ति भट्टराईले संस्थाको उद्देश्य र डिजिटल मार्केटिङका बारेमा धारणाहरु राखे । उपस्थित सम्पूर्णलाई तालिम संयोजक शुशीला भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्रविण अधिकारी, मनिष अमगाई र वर्षा भण्डारीले सहजिकरण गरेको तालिममा ६० जना पर्यटन व्यवसायी महिला सहभागी रहेको महासचिव लक्ष्मी लामिछानेले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
टेवानको तीज सांस्कृतिक महोत्सव
रेडियो जननीको तीज गीतमा खहरे आमा समूह प्रथम
महिला उद्यमी संघ कास्की प्रथम
महिला सीप विकास संस्थाको सभा
महिला उद्यमी संघ कास्कीमा शारदा
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०