पश्चिमी वायुको प्रभावले वर्षा सम्भावना

रासस
वैशाख १५, २०८०
Weather

काठ्माडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी वायुको प्रभावका साथै प्रि–मनसुन गतिविधि पनि सक्रिय रहेकाले वर्षाको सम्भावना रहेको छ । विशेषगरी देशका पहाडी भेगमा मेघजर्गन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने मध्य र पश्चिम तराईका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघजर्गन र चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    रासस चैत्र ३०, २०८०
    काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
  • अझै दुई दिन पानी पर्ने

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०८०
    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न…
  • तारेपहरो डम्ठी वनमा दुर्गादत्त

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा ।  अन्नपूर्ण गाउँपालिका वडा नं. १ र २ स्थित तारेपहरो डम्ठी सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारणसभा तथा…
  • पोखरामा मनाइयो विश्व सिमसार दिवस

    आदर्श समाज सम्वाददाता माघ २१, २०८०
    पोखरा । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरी स्मरण गर्दै पोखरामा विश्व सिमसार दिवस मनाइएको छ…
  • पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८०
    पोखरा । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना…

hero news full width