प्रतिभामा शैक्षिक प्रदर्शनी

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७९
prativa school

पोखरा । प्रतिभा मावि, नदीपुरले शुक्रबार शैक्षिक प्रदर्शन तथा सांगीतिक कार्यक्रम गरेको छ ।

वरिष्ठ कलाकार दुर्गा बराल (वात्स्यायन) ले विद्यार्थीको आन्तर्निहित क्षमताको कदर गर्दै उनीहरुबाट निर्मित शैक्षिक सामग्री निर्माणबाट आफू अत्यन्त खुसी भएको बताए । विद्यालयले पनि विद्यार्थीको प्रतिभा र क्षमता बुझेर बेलाबेलामा यस्ता प्रदर्शनी गर्नुपर्ने सुझाव दिए ।

प्रदर्शनीमा कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरुले पाठ्यपुस्तकसँग सम्बन्धित विषयवस्तुलाई आधार बनाई विभिन्न विषयका शैक्षिक सामग्री प्रदर्शन गरेका थिए । यसैगरी आइएनजी गु्रपबाट मनोरञ्जनात्मक खेलका साथै माइ सेकेन्ड टिचर नामक गु्रपले पनि विभिन्न किसिमका शैक्षिक तथा ज्ञानबद्र्धक सामग्री प्रस्तुत गरेको थियो ।

विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यार्थीले आफूमा रहेको अन्तर्निहित सिर्जनालाई पाठ्यपुस्तकमा समाहित पाठका आधारमा विभिन्न विषयका शैक्षिक सामग्री निर्माणले शिक्षण सिकाइमा समेत प्रभावकारी हुने बताए । आगामी फागुन २६ मा पोखरा सभागृहमा अभिभावक उत्प्रेरणा तथा सम्मान कार्यक्रम पनि राखिएको उनले जानकारी दिए । कार्यक्रममा ख्यातिप्राप्त मोटिभेटर रवि कटुवालले प्रशिक्षण दिने तथा रचना रिमालको सांगीतिक प्रस्तुति रहने छ ।

विद्यालय सञ्चालन समिति अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा माइ सेकेन्ड टिचरकी कलाकार एलिसा राईले शुभकामना मन्तव्य दिएकी थिइन् भने कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी र विद्यार्थी सेरिना खत्री र जस्मिना मल्लले गरेका थिए ।

कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक एवं सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने गण्डकी प्रदेशस्तरीय नाटकमा उत्कृट भएको ‘राजधानीको यात्रा’ नाटक पनि मञ्चन भएको नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…
  • अन्नपूर्ण र माछापुच्छ्रेमा नेराशि संगठनको अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकामा मार्च टु लोकल लेबल २०२४ कार्यक्रम शनिबार सम्पन्न भएको छ । सांगठनिक…

hero news full width

Recent Posts

trending post

ट्रेन्डिङ्ग