नवलपुरको बुलिङटारमा बस दुर्घटना, ५ जनाकाे मृत्यु, ३० जना घाइते

रामकुमार श्रेष्ठ
कार्तिक १३, २०७९
accident

नवलपरासी । पाल्पाकाे रम्भादेवी गाउँपालिका हुँगीबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस नवलपुरकाे बुलिङ्गटार-२, डाँडाझेरीको मथारमा दुर्घटना हुँदा ५ जनाकाे घटनास्थलमै निधन भएकाे छ ।

ना ६ ख ७५८० नं. को बस बिहानै दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परी बसमा सवार ३५ जना मध्ये ५ जनाकाे निधन भएकाे र बाँकी ३० जना सबै घाईते भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।

उद्धार र अनुसन्धानका लागि प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमै पुगेको नवलपुरका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले बताए । पाल्पाको रम्भादेवी पालिकाका अध्यक्षसमेत घटनास्थलमा पुगिसकेका छन् ।

बस सडकबाट १०० मिटरतल खसेकाे र अहिले उद्धार कार्य भइरहेको र थप जानकारी आउने क्रममा रहेको प्रहरीले जनाएकाे छ । घटनाकाे विस्तृत विवरण आउन बाँकी छ । मृतककाे पहिचान हुन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width