प्रतिभा माविमा स्पोर्टस् मिट

आदर्श समाज सम्वाददाता
पौष २६, २०७८
Prativa Sports Meet 6

पोखरा । पोखरा ३ नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयको ‘स्पोर्टस् मिट २०७८’ आइतबारदेखि सुरु भएको छ । ३ दिनसम्म चल्ने खेलकुद कार्यक्रममा विद्यालयका २८ सेक्सनका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिस्पर्धा गर्नेछन् ।
विद्यालयका प्रबन्ध निर्देशक बलबहादुर थापाले विद्यार्थी एरिना पुर्जा पुनलाई बास्केटबल हस्तान्तरण गरी स्पोर्टस् मिटको शुभारम्भ गरे । प्रबन्ध निर्देशक थापाले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा स्थापित प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अग्रपंक्तिमा उभ्याएको बताए । प्रतिभा गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय पनि हो ।
प्लस टु निर्देशक किरण सापकोटाले प्रतिभाको गर्विलो इतिहासले यस क्षेत्रमै शैक्षिक शानका रुपमा विद्यालय अघि बढेको बताए । यस वर्ष कक्षा १२ को विज्ञान संकायमा सुप्रिया मल्लले ३.८५ जिपिए ल्याई कास्की जिल्लामा सर्वाेत्कृष्ट हुन सफल भएको र व्यवस्थापनतर्फ ३.७९ जीपीए ल्याई सिमरन थापा सर्वाेत्कृष्ट हुन सफल भएकाले विद्यार्थीद्वयलाई आधा तोला सुन र १० तोला चाँदीसहितको प्रतिभा रत्न अवार्डले पुरस्कृत गर्ने जानकारी दिए ।
वार्षिक खेलकुद कार्यक्रम संयोजक प्रेम शर्माका अनुसार स्पोर्टस् मिटमा छात्र/छात्रा बास्केटबल, छात्र÷छात्रा भलिबल, छात्र फुटसल, सिंगल÷डबल छात्र÷छात्रा टेबलटेनिस र चेस खेल हुनेछन् । प्राप्त अंकका आधारमा बिजेता घोषित गरी आकर्षक पुरस्कारका साथ पुरस्कृत गरिने उनले बताए । उनकाअनुसार हिसान मिटमा छात्रा बास्केटबलतर्फ प्रथम हुन सकेको प्रतिभाले टेबलटेनिस र ब्याडमिन्टनमा तेस्रो स्थान प्राप्त गरेको थियो ।
प्राचार्य विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक वीरसिंह बुढाले गरेका थिए भने स्वागत विद्यार्थी विपीन सुवेदीले गरे ।
विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउन, बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोगसमेत गर्दै आएको छ । सन्दीप लामिछाने, अरुणा शाही जस्ता प्रतिभालाई नगद १ लाखले सम्मान गरिसकेको विद्यालयले मुलुकमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी शुरतीलाई समेत एकमुष्ठ डेढ लाख बढीले सम्मान गरिसकेको छ । मानवीय विपद्मा समेत प्रतिभा अगाडि देखिएको छ । म्याग्दी जिल्लाका बाढी पहिरो पीडितलाई प्रतिभाले ५० हजार नगदसहित सम्मान गरेको थियो ।
कक्षा ११ र १२ मा साइन्स, मेनेजमेन्ट र होटल मेनेजमेन्टका २८ सेक्सनमा गरी १ हजार २ सय ५८ विद्यार्थी अध्ययनरत छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width