गण्डकीमा ३०३ संक्रमित, ५ को मृत्यु

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७८
Corona Banner

पोखरा । गण्डकी प्रदेशमा ३ सय ३ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशमा १ हजार ३८ जनाको नमुना परीक्षणमा २९.१९ प्रतिशतमा कोरोना देखिएको हो । सबैभन्दा बढी कास्कीमा १ सय १० संक्रमित थपिएका छन् । जिल्लामा योसँगै सक्रिय संक्रमित संख्या २ हजार १ सय ८६ पुगेको छ ।
यस्तै, मनाङ र मुस्ताङमा शून्य संक्रमित हुँदा लमजुङमा ४, पर्वत र म्याग्दीमा ७/७ जनामा संक्रमण देखियो । गोरखा ४८, नवलपुर ३७, स्याङ्जा ३६, तनहुँ ३५ र बागलुङका १९ जनामा पोजेटिभ देखिएको छ । प्रदेशमा थप संक्रमितमध्ये १ सय ५३ महिला र १ सय ५० पुरुष छन् । योसँगै प्रदेशमा कोरोनाको संक्रिय संक्रमित ५ हजार ६ सय ४ पुगेका छन् ।
यस्तै, देशभर पछिल्लो २४ घन्टामा २ हजार ७९ मा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ३० पिसिआर परीक्षणमा शुक्रबार थप २ हजार ७९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा थप २ हजार २ सय ४४ संक्रमणमुक्त भए । हालसम्म कोरोनामुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ छ ।
गण्डकीमा थप ५ जना संक्रमितको मृत्यु भयो । तीमध्ये कास्की र नवलपुरमा २/२ सहित पर्वतमा १ जना छन् । पोखरा १७ का ८१ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । यस्तै, पोखरा ८ का ६३ वर्षीय पुरूषको मेडिप्लस अस्पतालमा, नवलपुरको गैंडाकोट ५ का ७६ वर्षीय पुरूष र देवचुली ११ का ३६ वर्षीय पुरूषको भरतपुर अस्पतालमा तथा पर्वत मोदी ८ की ७३ वर्षीया महिलाको संक्रामक तथा सरूवा रोग अस्पताल, पोखरामा उपचारक्रममा मृत्यु भएको छ ।
योसँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय २६ पुगेको छ । नेपालमा भने शुक्रबार थप २६ को मृत्युसँगै हालसम्म ज्यान गुमाउने १० हजार ४ सय ५५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width