टुरिजम सिटीको पदस्थापन

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७८
lions tourism city (

पोखरा  । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम भएको छ । लायन वर्ष २०२०/०२१ का अध्यक्ष नीरज पन्तले लायन वर्ष २०२१/२२ का अध्यक्ष एकराज गिरीलाई एक कार्यक्रमबीच पद हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अघिल्लो वर्षका अध्यक्ष पन्तले गत वर्ष क्लबबाट गरिएको सामाजिक कार्यमा भएको प्रगति तथा समीक्षा प्रस्तुत गरे ।
क्लब अध्यक्ष एकराज गिरीले कोभिडको संक्रमणका बेला सामाजिक क्लबको दायित्व अझ बढी हुने बताए । उनले क्लबको दिगोपन तथा सामाजिक कार्यको दीर्घकालीन योजनाका लागि क्लबको कोष स्थापनाको घोषणा गरेका छन् । कोषमा यो वर्षमै रु ५ लाख जम्मा गर्ने लक्ष्य सहित अध्यक्ष गिरीले आफ्नो व्यक्तिगततर्फबाट ५० हजार कोषका लागि हस्तान्तरण गरेका छन् । उनले प्रभावकारी सामाजिक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ वि वान नेपालका एडभाइजर सुदीप पौडेलले सहरमा भन्दा गाउँ केन्द्रित कार्यक्रम गर्न सके मात्र लक्षित वर्गसम्म पुग्न सकिने बताए । उनले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष विष्णुबाबु खड्का, तृतीय उपाध्यक्ष अर्जुन केसी, घनश्याम गौतम, पदम पाण्डे, दीपेन्द्र गुप्ता लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सुजन श्रेष्ठ र सन्जय मल्लले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width