ढाकारामको लालीगुराँस रोपण अभियान

आदर्श समाज सम्वाददाता
असार २४, २०७८
rhododendron

पोखरा । पोखराका एक युवाले लालीगुराँस रोपण अभियान थालेका छन् । उनले ३ वर्षदेखि विभिन्न सामुदायिक वनमा गरी ४ हजार ५ सय बिरुवा रोपिसकेका छन् ।
पोखरा–२१, निर्मलपोखरी स्थायी घर भई हाल पोखरा ९, न्यूरोड निवासी ५३ वर्षीय ढाकाराम लामिछानेले ‘लालीगुराँस फुलाऔं, पर्यटक बोलाऔं’ अभियान चलाएका हुन् । राष्ट्रिय फूल लालीगुराँसको महत्व दर्शाउँदै आफूले ३ वर्षयता लालीगुराँस रोपण अभियान थालेको बताए ।
बुधबार उनले रुपा गाउँपालिका ६ का उपभोक्ता समूहको समन्वयमा चिसापानी सामुदायिक वनमा २ सय बिरुवा रोपे । तीमध्ये लालीगुराँसका मात्रै १ सय ५० बिरुवा छन् । यस वर्ष उनले पोखरा ३३ स्थित आँपुकस्यारी सामुदायिक वन र पोखरा २८ देउराली सामुदायिक वनमा बिरुवा रोप्न डिभिजन वन कार्यालय कास्कीबाट स्वीकृति समेत लिइसकेका छन् । बुधबार चिसापानी क्षेत्रमा रोपिएको ठाउँ चिसापानी भ्यू टावर पनि भएकोले यसको पर्यटकीय महत्व पनि हुने लामिछाने बताउँछन् ।
लामिछानेले भने, ‘नौलो काम गर्ने अभियानस्वरुप सबैको लागि महत्वपूर्ण मानिने लालीगुराँस संरक्षणसहित बिरुवा रोपण अभियानमा लागेको हुँ । अब बाचुञ्जेल कास्कीबाहेक देशका विभिन्न ठाउँमा पुगेर लालीगुराँस रोप्छु ।’

Related News

सम्बन्धित समाचार

hero news full width