पोखरा । फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले घरभाडा र बैंकको ब्याजमा छुट दिन माग गरेको छ । विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमणले व्यवसायमा मन्दी आएकाले विशेष छुट दिन आग्रह गरेको हो ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघ पोखराले कम्तीमा पनि ५० प्रतिशत घरभाडा छुट गर्न घरधनी तथा कम्पनीलाई आग्रह गरेको हो । आर्थिक मन्दीले व्यवसाय चौपट्ट भएको भन्दै न्यूनतम ५० प्रतिशत भाडा छुट गरी व्यवसायीलाई राहत दिन पोखरा महानगरका घर बहाल लगाउने घर धनी तथा कम्पनीसँग अनुरोध गरिएको फेन्सी तथा रेडिमेड व्यवसायी संघका अध्यक्ष राजु पौडेलले बताए ।
कोरोना समस्याले व्यवसायमा देखिएको मन्दीले सम्पूर्ण व्यवसायीलाई ठूलो समस्या परेको भन्दै हाल बैंक व्याज तिर्ने बेलामा समस्या भएको संघले ठहर गरेको छ । सकेसम्म सो समयको बैंक ब्याज मिनाह गरिदिन आग्रह गर्दै बैंक ब्याज बुझाउने समय थप गर्न र तिर्न मिल्ने वातावरण बनाइदिन पनि संघले आग्रह गरेको छ ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१