गतिला थिए कतिला

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७८
Katila

पोखरा । ‘पृथ्वीनारायण क्याम्पस अध्ययन गर्ने बेलामा मेरा प्रिय मित्र महेन्द्र कतिलाको असामयिक निधन भएको खबरले स्तब्ध बनायो । उहाँसँग बिताएका पल मेरो मानसपटलमा अझै ताजा छन् । वामपन्थी आन्दोलनका इमानदार सिपाही, प्रिय मित्रप्रति हर्दिक श्रद्धाञ्जली ।’

सर्प संरक्षणकर्मी महेन्द्र कतिलाको निधनमा पूर्व सभामुख कृष्णबहादुर महराले अघिल्लो सोमबार गरेको फेसबुक पोस्ट हो, यो । राजनीतिसँगै सर्प संरक्षणमा कतिलाको योगदानको स्मरण गर्दै पूर्व सभामुखले झैं शुभचिन्तकले अझसम्म सयौं पोस्ट पोस्ट्याएका छन् ।

विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरको चेपुवामा सर्पलाई सहजै समाप्ने र गोमनले समेत हातमा चिथोर्दा बाँचेका कतिलालाई कोरोनाले भने ६२ वर्षकै उमेरमा छिनेर लग्यो । उनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा उपचार क्रममा ३ जेठमा निधन भएको हो । उनको भोलिपल्ट ४ जेठमा देवघाटमा नेपाली सेनाको सहयोगमा अन्त्येष्टि गरिएको थियो ।

स्वर्गीय महेन्द्र कतिलाका भाइ मनोज कतिलाका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि ३ दिनअघि भैरहवाबाट चितवन लगिएको थियो । तैपनि उपचारमा कुनै जोर चलेन । उनको परिवारमा श्रीमती र २ छोरा छन् । दुवै छोराहरु हाल अमेरिका छन् ।

महेन्द्र परिवारका जेठा छोरा थिए । उनका भाइहरु भरत, सुरज र मनोज कतिला छन् । पोखराको तेर्सापट्टी निवासी कतिला पोखराको बसाइँसँगै करिब १५ वर्ष जति दाङ समेत बसेका थिए । पछिल्लो करिब ८ वर्षयता उनी पोखरामै बसोबास गर्दै आएका थिए ।

विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय उनी पृथ्वीनारायण क्याम्पस पोखरामा २०३३ सालमा स्ववियु सभापति बनेका थिए । पछि उनले राजनीतिलाई कम सर्प संरक्षणमा वेंसी समय दिए । जीवनकालमा उनले हजारौं सर्प समातेर उद्धार गरेका छन् । ‘सानैदेखि दाइ सर्प भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । सर्प नै साथी जस्ता हुन्थे । कति सर्प समातेर संरक्षण गर्नुभयो, यकिन नै छैन । हजारौं छन्,’ दाइको अन्त्येष्टि गरेर पोखरा फर्किंदै गरेका मनोजले सुनाए, ‘एक पटक फिस्टेल होटेलमा किङ कोब्रा नै समाप्तेर बोरामा हाल्ने बेलामा सर्पले हातमा लछारेको थियो । मणिपाल नै भर्ना हुनुभयो । हामीले त पहिले किङ कोब्राले टोकेपछि बाँच्नुहुन्न होला भन्ठानेको थियौं, तर धन्य सर्पले विष फाल्न पाएको रैनछ ।’

‘कसैको घरमा सर्प पस्यो भने मानिसहरुले उहाँलाई बोलाउँथे । पोखराका टाढा टाढासम्म पनि उहाँ सर्प समात्न जानुभयो,’ मनोजले भने ।

वातावरण सन्तुलन राख्न महत्वपूर्ण जीप सर्पको संरक्षण हुनुपर्ने कतिला बताउँथे । उनले सर्प नमारेरै जीवित उद्धार गरी वन कार्यालयको समन्वयमा जंगलमा लगेर छाड्थे । यसो गर्दा उनलाई कहीँ कतैबाट पैसा आउँथेन । उनले कुनै पारिश्रमिकबिनै आफूखुसी गर्थे ।

पोखरा महानगरपालिका वडा ३ का वडाध्यक्ष रवीन्सन प्रजुले वडावासी समेत रहेका महेन्द्रको योगदान राज्यले भुल्न नहुने बताउँछन् । २ महिना अघि सिफारिस लिन वडामा आएको बखत भेट भएको प्रजुले सम्झे । उनका अनुसार कतिला निकै इमानदार, मिहिनेती र गतिला थिए ।

काठमाडौंबाट प्रकाशित युगधारा साप्ताहिक पत्रिकामा उनले पोखराबाट रिपोर्टिङ समेत गरेका थिए । उनी सर्प संरक्षण समाजका अध्यक्ष समेत थिए । दाइको राजनीतिसहित वातावरण संरक्षणको योगदान कही कतैबाट नभएकोमा भने कतिला परिवारजन दुखित छ ।

कतिलाकै साथी पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले उपचारमा लागेको रकम सरकारले बेहोर्छ भन्ने आश्वासन दिए पनि आफैँले डेढ लाख तिरेर हिडेको भाइ मनोजले बताए । उनले भने, ‘ल मानौं अस्पतालले शुल्क लियो तर शव जलाउन समेत आफूले देवघाटमा २५ हजार दिनुपर्‍यो । दुःखको बेलामा राज्य कहाँ रैछ हेर्नोस् त ।’

Related News

सम्बन्धित समाचार

  • भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पोखरा १३ कुँडहरस्थित भद्रकाली माविको ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।…
  • रुपाताल संरक्षण परियोजना निर्माणमा जोड

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    लेखनाथ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले रुपाताल संरक्षण परियोजना निर्माणलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । पोखरा–३२…
  • काटिएका रुखका मुढा जफत

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । कोटीहोमका लागि भन्दै पोखराका वर्षौ पुराना वर, पीपल, शमी जातका रुखहरु काटेर थुपारिएका मुढाहरु पोखरा महानगरपालिकाले जफत गरेको…
  • नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । जन्मदिनमा हुने गरेका फजुल खर्च सामाजिक सेवामा लगाउनेहरु पनि समाजमा उत्तिकै छन् । ८५ वर्षीया एकजना ज्येष्ठ नागरिकले…
  • बालोदयमा इन्टेलेक्ट स्फेयर

    आदर्श समाज सम्वाददाता माघ २३, २०८१
    पोखरा । बालोदय मावि, बिरौटाको ३७ औं स्थापना दिवस अवसरमा दुइदिवसीय बालोदय इन्टेलेक्ट स्फेयर भएको छ । कार्यक्रममा स्टिममा आधारित…

hero news full width