दमौली । ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ पहिलो पटक राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई अर्पण गरिने भएको छ । नेपाल प्रेस युनियन तनहुँद्वारा स्थापित सो पुरस्कारको राशि रु पाँच हजार ५५५ सहित सम्मानपत्र रहने छ ।
युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीका अध्यक्षतामा आज बसेको भर्चुअल बैठकले उहाँलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । शिक्षक खनालका स्मृतिमा उहाँका छोरा लक्ष्मीभक्त खनालले युनियनलाई सो पुरस्कार स्थापनार्थ सहयोग गर्नुभएको थियो । उहाँ नेपाल विद्यार्थी सङ्घका पूर्वसहमहामन्त्री हुनुहुन्थ्यो ।
सो पुरस्कार युनियन स्थापना दिवसका अवसरमा यही जेठ १३ गते प्रदान गरिने भए पनि परिस्थिति सहज भएपछि अर्पण गरिने अध्यक्ष नहर्कीले जानकारी दिनुभयो । युनियनका पूर्वजिल्ला अध्यक्ष बस्नेतले तनहुँबाट नै पत्रकारिता शुरुआत गर्नुभएको थियो । राससको तत्कालीन क्षेत्रीय कार्यालय पोखराका प्रमुख तथा केन्द्रीय कार्यालयमा प्रमुख समाचारदाताका रुपमा उहाँले काम गरिसक्नुभएको छ । नेपाल पत्रकार महासङ्घ रासस शाखाका पूर्वअध्यक्ष उहाँले रासस सञ्चालक समितिका सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
लायन्स आदर्श चौतारीको शिविर
गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१