गठबन्धनको प्रयास असफल, पृथ्वीसुब्बालाई नै सपथ खुवाउने तयारी

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७८
preparation to oath

सपथका लागि तयार पारिएको स्ठान

पोखरा । गण्डकी प्रदेशमा सरकार गठनका लागि कांग्रेससहितको गठबन्धनले गरेको दाबीका बाबजुद प्रदेश प्रमुख सीताकुमारी पौडेलले ठूलो दल एमालेलाई आह्वान गरेकी छन् ।

गठबन्धनबाट कांग्रेसका कृष्णचन्द्र नेपालीले बुधबार दाबी निवेदन पेस गरेका थिए । ४ दलको समर्थन भनिए पनि बहुमत सांसदको हस्ताक्षर भने थिएन । विश्वासको मत लिने बेलामा बहुमत पु¥याउने दाबीका साथ गठबन्धनले निवेदन दिएको थियो ।

प्रदेश प्रमुखको आह्वान अनुसार नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ नै फेरि मुख्यमन्त्री हुने भएका छन् ।

संविधानको धारा १६८ को ३ अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभाको सबै भन्दा ठूलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आह्वान गरे अनुसार पृथ्वीसुब्बा गुरुङ दोस्रोपटक मुख्यमन्त्री हुन लागेका हुन् ।

अहिले प्रदेश प्रमुखको निवासमा सपथको तयारी भइरहेको छ । कामचलाउ मुख्यमन्त्री गुरुङ कोभिड लागेर आइसोलेसनमा छन् ।

मुख्यमन्त्रीबाट गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुखलले बहुमतको सरकार गठनका लागि ३ दिनको समय दिएकी थिइन् । मुख्यमन्त्रीमा सपथ खाएपछि गुरुङले फेरि एक महिनाभित्रमा विश्वासको मत लिनु पर्नेछ ।

जुन उनका लागि अहिले कठीन देखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width