सांसद ‘बेपत्ता’ प्रंकरणले विशेष अधिवेशन अनिर्णीत, ४ दलको बैठकमा जनमोर्चाका कृष्ण थापा आएनन्

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७८
Gandaki

पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव छिनोफानो गर्न सुरु भएको प्रदेश सभाको विशेष अधिवेशनको बैठक नै अनिश्चित बनेको छ ।

मतदान हुने भनेर तयर गरेका दिन वैशाख १५ गते जनमोर्चाका सांसद खीमबहादुर शाही एकाएक हराएपछि सोही दलकी सचेतकको आग्रहमा सभामुखले बैठक स्थगित गरेका थिए ।

खीमबहादुर चरक अस्पतालको बेडमा त भेटिए तर संसदमा सुरु भएको राजनीतिक तिक्तता मेटाउने बिन्दु भने भेटिने छाँटकाँट देखिएको छैन ।

अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने भन्दै कस्सिएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई मुख्यमन्त्रीले बिहीबार मन्त्री पद नै उपहार दिएपछि ध्यान उतै मोडिएको छ ।
राजीवलाई मन्त्री नै बनाए पनि मुख्यमन्त्रीको पद भने अझै सुरक्षित छैन । किन भने जनमोर्चाले अन्य ३ दललाई नै साथ दिने बताइरहेको छ । यद्यपि सांसद शाही भने अझै पनि चरककै ओछ्यानमा छन् ।

सरकार, ३ दल र सभामुखबीच अहिले संवादहीनको अवस्था छ । बिहीबार मनाङेको सपथमा सभामुख नेत्रनाथ अधिकारी सहभागी भएनन् । अब मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दल र सभामुखबीच संवाद सुरु गराएर विशेष अधिवेशनलाई निर्णायक बिन्दुमा पु¥याउनुपर्ने देखिएको छ ।

यसैबी सरकार ढाल्ने योजनामा रहेका एमाले बाहेकका ४ दलको बैठक शुक्रबार बसेको छ । बन्द रहेको संसद खुलाउने र अविश्वास प्रश्ताव पास गराउन थप रणनीति बुन्नका लागि बैठक बसिएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता सामाजवादी पार्टीको संयुक्त बैठक बसेको हो ।

जनमोर्चासँगको बैठक यो नै पहिलो हो । जनमोर्चाबाट केन्द्रीय महासचिव मनोज भट्ट, शंकर बराल र सांसद पियारी थापा सहभागी थिइन् । दलका नेता कृष्ण थापा भने बैठकमा अझै उपस्थित भएका छैनन् । उनले केन्द्रीय समितिको निर्णयविरुद्ध वक्तव्य नै दिएका छन् ।

‘अझैपनि जनमोर्चासँग ढुक्क हुने अवस्था छैन । दलका नेता सहभागी हुनुभएन,’ बैठकका एक सहभागीले भने, ‘साँझसम्म सांसदहरु समेतको उपस्थितिमा बैठक बस्ने सहमति भएको छ । अब धेरै नलम्ब्याउने हाम्रो सहमति छ ।’ जनमोर्चाले साथ दिए सरकार ढल्ने विपक्षीको विश्वास छ ।

वैशाख २ मा तीन दलको लिखित हस्ताक्षर र जनमोर्चाको अलिखित समर्थनमा सरकार विरुद्ध अविश्वास प्रश्ताव दर्ता भएको छ । यसमाथि १३ गतेदेखि विशेष अधिवेसनमा छलफल भयो । अन्तिममा जनमोर्चाका सांसद खीम विक्रम शाहीले सदन छलेपछि प्रश्ताव नै अनिर्णित भएको छ ।

Related News

सम्बन्धित समाचार

  • लायन्स आदर्श चौतारीको शिविर

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत लायन्स क्लब पोखरा आदर्श चौतारी, लियो आदर्श चौतारी, पैयुँको आयोजनामा निःशुल्क बृहत्…
  • ‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । कवि प्रदीप खनाल आफ्नो पहिलो कवितासंग्रह ‘अनन्त यात्रा’ लिएर पाठकमाझ आएका छन् । उनको कृतिको शनिबार पोखरामा आयोजित…
  • हिमालयनलाई वडाध्यक्ष कप

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । हिमालयन बोर्डिङ स्कुलले चौथो अन्तरविद्यालय वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ड्याम साइड क्लबले आयोजना…
  • अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । राम मन्दिर अखण्ड कीर्तन उपसमिति पोखरा–१७, बिरौटाको १७ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । समारोहको पोखरा–१७ का…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…

hero news full width