गर्मीसँगै बिरामी बढे

सविन लामिछाने
वैशाख १३, २०७८
garmika birami bade (2)

दमौली । गर्मी बढेपछि तनहुँमा झाडापखाला र ज्वरोका बिरामी बढेका छन् । गर्मीले खाना नपच्ने हुँदा झाडापखाला लाग्ने गरेको चिकित्सकहरु बताउँछन् । गर्मीले नै भाइरल ज्वरो आउनेको संख्या पनि बढेको पाइएको छ ।

व्यास ३ स्थित दमौली अस्पतालमा पछिल्लो समय झाडापखाला र भाइरल ज्वरोका बिरामीको संख्या बढेको अस्पताल प्रमुख डा. सुनील पौडेलले जानकारी दिए । नियमित बिरामीभन्दा झाडापखाला, भाइल ज्वरोका बिरामी दैनिक डेढ सय देखि अढाइसय जना बिरामी आउने गरेको उनले बताए ।

दमौलीको बजार क्षेत्रमा ३० डिग्री सेल्सियसभन्दा बढीसम्म तापक्रम मापन भएको छ । दिउँसोको समयमा प्राय बजारको तापक्रम बढ्ने गरेको छ । सरुवा रोग अस्पतालमा एक सातायता रुघाखोकी र ज्वरोका समस्या लिएर आउने बिरामीहरु बढेको अस्पतालका प्रशासनले जनाएको छ ।

बर्षात सुरू हुने समयमा मौसमी रुघाखोकी ज्वरोका बिरामी बढी देखिने गरेकोमा यसपटक अलि अगाडि नै देखियो । उनीहरु भने यो पटक मौसममा बाहिरी तापक्रम धेरै हुने भएकाले यो समयमा भाइरलजन्य संक्रमणका बिरामी बढ्दै गएको समेत देखिने गरेका छन् ।

भीडभाडमा नजाने, घरबाहिर जाँदा मास्कको प्रयोग गर्ने बाहिरबाट घर पुगेपछि साबुनपानीले हात धुने, उमालेको सफा पानी र सफा ताजा खानेकुरा खानुपर्ने र ज्वरो बढ्दै गएमा तुरुन्त अस्पताल जानुपर्ने डा. पौडेलको सुझाव छ । गर्मी बढेसँगै पानीजन्य संक्रमण बढ्ने हुँदा पानी उमालेरमात्र खाने, घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्ने, बासी खानेकुरा नखाने गर्नुपर्नेसमेत डा. पुनले बताए । यो समयमा श्वासप्रश्वासको समस्या भएका, दीर्घरोगी, मधुमेह, उच्चरक्तचापअंग प्रत्यारोपण गरेका, साना बालबालिका र ४५ वर्षमाथि उमेर समूहका व्यक्ति जोखिममा हुने हुँदा विशेष ख्याल गर्नुपर्नेसमेत चिकित्सकहरुले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width